२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

लन्डनमा बुद्धजयन्ती मनाइँदै

लन्डन — नेपालमा पर्यटन प्रवर्द्धनका लागि बुद्ध फाउन्डेसन यूकेले लन्डनस्थित ट्राफलगर स्क्वायरमा बुद्धजयन्ती मनाउने भएको छ ।

लन्डनमा बुद्धजयन्ती मनाइँदै

बुद्ध दर्शनसम्बन्धी प्रवचन, मन्त्रोच्चारण, शान्तिदीप प्रज्वलन, नेपालका विभिन्न स्थानका मौलिक संस्कृति झल्कने नाच तथा पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री वितरण गरी मे २२ मा बुद्धजयन्ती मनाउन लागिएको फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले बताए ।

फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठले बुद्ध दर्शन प्रचारप्रसार र नेपालको पर्यटन प्रवर्द्धन गर्न हजारौं विदेशी ओहोरदोहोर गर्ने ट्राफलगर स्क्वायरमा बुद्धजयन्ती मनाउन लागिएको जनाए । नेपाली दूतावासमार्फत लन्डनका मेयर सादिक खानलाई पनि कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाइएको उनले जनाए ।

प्रकाशित : वैशाख १८, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?