१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वार्षिकोत्सवमा १० वटा च्यारिटी संस्थालाई आर्थिक सहयोग

लन्डन — ए-स्टार फाइनान्सियल सोलुसन्स् यूकेले दसौं वार्षिकोत्सवमा १० वटा च्यारिटी संस्थालाई आर्थिक सहयोग गरेको छ । कम्पनीले १० जना ग्राहकलाई गिफ्ट हयाम्परसहित उनीहरुले रोजेका १० च्यारिटी संस्थालाई दुई हजार पाउन्ड (करिब ३ लाख २० हजार रुपैयाँ) सहयोग गरेको हो ।

वार्षिकोत्सवमा १० वटा च्यारिटी संस्थालाई आर्थिक सहयोग

सहयोग पाउने संस्थाहरुमा रत्न आश्रम, एड्भोकेसी फर द नेप्लिज अर्गनाइजेसन (आफ्नो), क्यान्सर रिसर्च यूके, ओखलढुंगा पारस्परिक गुठी तथा अनाथ आश्रम, रिजनल क्यान्सर सेन्टर केरला भारत, एभरग्रीन केयर यूके, ओरल हेल्थ फाउन्डेशन, चाइल्ड रेस्क्यू नेपाल र स्नेही काख छन् ।

ए-स्टारले अपांगता भएका बालबालिकाको हितमा काम गर्ने च्यारिटी संस्था सर्कस स्टारमार्फत १० जना बालबालिकाका लागि इभेन्ट्समा जान खर्च पनि बेहोरिदिएको छ । कम्पनीले उक्त च्यारिटी संस्थाचलाई वर्षेनी सहयोग गर्दै आएको छ ।

वार्षिकोत्सव मनाउन तामझामसहित खर्च गर्नुको सट्टा समुदायको हितका लागि यस्तो सोच बनाइएको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर तथा टप प्रोटेक्सन एड्भाइजर २०२१ अवार्ड विजेता मीन दर्लामीले बताए ।

प्रकाशित : पुस १६, २०७८ २२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?