कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बनारसमा नेपाल–भारत सांस्कृतिक कार्यक्रम

नयाँ दिल्ली — नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई उजागर तथा थप सुदृढ गर्ने उद्देश्यले शनिबार बनारसमा दुई देशबीचको सांस्कृतिक आदानप्रदान कार्यक्रम गरिएको छ । बीपी कोइराला इन्डिया नेपाल फाउन्डेसन नयाँ दिल्लीको सहयोगमा कार्यक्रम गरिएको हो । 

बनारसमा नेपाल–भारत सांस्कृतिक कार्यक्रम

नेपालका तर्फबाट देउडा, तामाङ, मारुनी शैलीका नृत्य, गायन प्रस्तुत गरिएको थियो । त्यस्तै, भारतका कलाकारहरुले भारत नाट्यम, कत्थकलगायतका प्रस्तुति दिएका थिए । नेपाली सांस्कृतिक टोलीको नेतृत्व उमेश शाहीले तथा भारतीय पक्षको नेतृत्व कत्थक नृत्यकार शिव आनन्दले गरेका थिए ।

कार्यक्रममा दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुसहित बनारसका विभिन्न क्षेत्रका मानिसहरुको उपस्थिति थियो ।

कार्यक्रम संयोजन गरेकी पत्रकार तथा सामाजिक कार्यकर्ता रुची सिंहले यस कार्यक्रमले दुई देशका नागरिकस्तरबीच संस्कृति आदानप्रदानमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित : पुस १०, २०७८ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?