१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाली वेलफेयर सोसाईटी यूके अध्यक्षमा सार्की

लन्डन — नेपाली वेलफेयर सोसाईटी यूकेको दोस्रो अधिवेशनले धनबहादुर सार्कीलाई पुन: अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार लन्डनमा सम्पन्न अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष सार्की एनआरएनए यूकेको पूर्व कार्यसमिति सदस्य हुन् ।

नेपाली वेलफेयर सोसाईटी यूके अध्यक्षमा सार्की

नयाँ कार्यसमितिमा उपाध्यक्ष तेजेन्द्र गुरुङ, महासचिव शम्सेर नेपाली, सचिव बुद्धिबहादुर रुचाल, कोषाध्यक्ष धविन्द्र बौडेल, सहकोषाध्यक्ष किरण नेपाली तथा सदस्यहरुमा सन्जय नेपाली, आशादेवी रोका र इलिजा बस्याल नेपाली निर्वाचित भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त गोपाल रोकाले नयाँ कार्यसमिति चयन भएको घोषणा गर्दै शपथ खुवाएका थिए । सो संस्थाले स्थापनाको छोटो समयमै नेपालमा कोभिड महामारीका बेला विभिन्न सामाजिक कार्य गरेको थियो । संस्थाले नेपालका २१ जिल्लामा हजारौं नेपालीलाई लाखौं मूल्य बराबरको खाद्यान्न वितरण गरेको थियो ।

संस्थाले नेपालमा कलेजो, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग पनि गरेको छ । सोसाइटीले बेलायतको अल्डरसटमा पहिलो भिसी कुलवीर थापाको सालिक निर्माणमा पनि आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित : मंसिर २०, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?