कांग्रेसको भारत सम्पर्क समितिको नेतृत्वमा पुन: पाण्डे- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको भारत सम्पर्क समितिको नेतृत्वमा पुन: पाण्डे

कान्तिपुर संवाददाता

नयाँ दिल्ली —  नेपाली कांग्रेस महाधिवेशनको चहलपहल प्रवासमा पनि देखिएको छ। भारतभरि छरिएरका कांग्रेस कार्कताहरूले चण्डीगढमा आफ्नो महाधिवेशन सम्पन्न गरेका छन् ।

कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समितिको नेतृत्वमा अर्घाखाँचीका बालकृष्ण पाण्डे चुनिएका छन्। उनी दिल्ली बस्छन् । उनको यो तेस्रो कार्यकाल हो । उनको चण्डीगढका धर्मदत काफ्लेसँग प्रतिस्पर्धा भएको थियो । तर, पाण्डे ठूलो मतान्तरले विजयी भए। १ सय ६२ जना प्रतिनिधि मध्ये पाण्डेको पक्षमा १ सय १६ तथा काफ्लेको पक्षमा ४६ मत खसेको थियो।

पाण्डे कांग्रेसका पूराना कार्यकर्ता हुन्। पार्टीले उनलाई अघिल्लो पटक राष्ट्रिय सभा सदस्यको उम्मेदवार पनि बनाएको थियो तर उनी पराजित भएका थिए।

भारतभरि जनसम्पर्क समितिका ३ सय १५ शाखा छन्। भारतबाट १४ जना महाधिवेशन प्रतिनिधि मतदानका लागि काडमाडौं जान पाउने छन्। महाधिवेशन प्रतिनिधि सबै क्षेत्रलाई समेटेर सहमतिका आधारमा चयन गरिने पाण्डेले बताए।

प्रकाशित : मंसिर २०, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्

पीडित किसानलाई राहतमा सहजीकरण गर्न मन्त्रालयको पत्राचार  

कान्तिपुर संवाददाता

काठमाडौँ — बेमौसमी वर्षाबाट पीडित किसानलाई राहत वितरणमा सहजीकरण गरिदिन सरकारले सबै गाउँपालिका/नगपालिकालाई पत्राचार गरेको छ  । धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८ स्वीकृत भइ कार्यन्वयनमा रहेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय निकायलाई पत्राचार गरेको हो ।

‘मापदण्डको कार्यान्वयन तथा सोका लागि आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ मन्त्रालयले मंसिर १७ गते सबै गाउँपालिका/नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ । धानबाली क्षति भएको करिब डेढ महिनापछि मंसिर २ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड– २०७८’ स्वीकृत गरेको थियो ।

कात्तिक ११ मा बसेको मन्त्रिपरिषद् बैठकले बेमौसमी वर्षाबाट पीडित किसानलाई पूर्ण र आंशिक क्षतिका आधारमा राहत दिने निर्णय गरेको थियो । मापदण्डमा भने बाढी, पहिरो र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानले ५५ हजार रुपैयाँसम्म मात्रै राहत पाउने उल्लेख छ ।

एक साता आएको बेमौसमी वर्षाका कारण सात प्रदेशमा १ लाख ९२ हजार ३ सय ९४ हेक्टर क्षेत्रमा प्रभाव परेको थियो । जसमध्ये १ लाख ११ हजार ६ सय ९ हेक्टरको धानबालीमा क्षति पुर्‍याएको थियो । ११ अर्ब ८७ करोड ५१ लाख रुपैयाँको ४ लाख २४ हजार १ सय १३ टन धानमा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विवरणमा उल्लेख छ । पीडित किसानलाई तत्काल राहत दिन कार्यविधि बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाइएको थियो ।


प्रकाशित : मंसिर २०, २०७८ १४:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×