अस्ट्रेलियामा पहिलोपटक नेपाली मूलकी काउन्सिलर- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा पहिलोपटक नेपाली मूलकी काउन्सिलर

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा पहिलोपटक नेपाली मुलकी महिला काउन्सिलर निर्वाचित भएकी छन् । प्रमुख प्रतिपक्षी दल लेबरबाट उम्मेदवारी दिएकी भद्र वाइबा शनिबार भएको चुनावमा न्यु साउथ वेल्स राज्यको ब्यांक्सटाउनबाट काउन्सिलर निर्वाचित भएकी हुन् । उनी अस्ट्रेलियामा काउन्सिलर बन्ने नेपाली मूलको पहिलो व्यक्ति हुन् । उक्त क्षेत्रमा नेपाली मूलका अस्ट्रेयालीहरूको बाक्लो उपस्थिति छ ।

काउन्सिलरमा विजयी भएपछि वाबाले नेपाली समुदायको हकहितका लागि प्राथमिकता साथ काम गर्ने बताएकी छन् । ‘पहिलोपटक अस्ट्रेलियाली पहिलोपटक राजनीतिमा नेपाली मूलबाट प्रतिनिधित्व हुनु नेपाली समुदायकै लागि गर्वको विषय भएको ठानेकी छु,’ कान्तिपुरसँग वाईबाले भनिन्, ‘आफू जन्मिएको देश र यहाँ रहेका नेपाली समुदायका लागि सम्भव भएका सबै मन लगाएर गर्नेछु ।’

यस वर्षको न्यु साउथ वेल्सको निर्वाचनमा सत्तारूढ दल लिबरल र विपक्षी दल लेबरबाट गरी नेपाली मूलका ९ जनाले काउन्सिलर पदमा उम्मेदवारी दिएका थिए । क्याम्पेलटाउनबाट काउन्सिलरको उम्मेदवार बनेका विनोद पौडेलले आफू विजयी हुने दाबी गरेका छन् । उक्त क्षेत्रको मतगणना भइरहेको छ ।

अस्ट्रेलियाको मन्त्रीस्तरीय सल्लाहकार समितिका पूर्वसदस्य महेन्द्रकुमार लम्सालले वाइबाको जितले अस्ट्रेलियाली राजनीतिमा नेपालीको प्रतिनिधित्वका रूपमा बुझ्नुपर्ने सुनाए । ‘नेपालीको जनसंख्या बढेसँगै यहाँको राजनीतिमा समेत हामीले स्थानीयस्तर मै भए पनि पाइला अघि चालेका छौं,’ उनले भने ।

४ वर्षे कार्यकालका लागि हुने स्थानीय चुनावमा पहिलोपटक ठूलो संख्यामा नेपालीले उम्मेदवारी दिएका थिए । यसपहिले उम्मेदवारी दिएका नेपालीमुलका श्री नापित पराजित भएका थिए । केन्द्रीय स्तरको निर्वाचनमा भने यसअघि सत्तारुढ दल लिबरलका तर्फबाट प्रमेज श्रेष्ठले उम्मेदवारी दिएका थिए । त्यस्तै, पश्चिम अस्ट्रेलियाबाट तेस्रो ठूलो दल ग्रिनबाट भुवन खड्का उम्मेदवार बनेका थिए । तर दुवै जना पराजित भएका थिए ।


प्रकाशित : मंसिर १८, २०७८ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्

कान्तिपुरकर्मी मालीसहित चार पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेवा: पत्रकार राष्ट्रिय दबूले शनिबार चार जना पत्रकारलाई नगदसहित सम्मान गरेको छ । ललितपुरमा आयोजित समारोहमा उदयबहादुर अमात्यलाई ज्ञानज्योति– लक्ष्मीप्रभा, कान्तिपुरका प्रशान्त मालीलाई ज्ञानदेवी–मणि स्मृति, बोधी टेलिभिजनकी विमला शाक्यलाई भिक्षु कुमारकश्यप स्मृति र बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार पद्मसागर कक्षपतिलाई प्रदान गरिएको हो ।

कदरपत्रसहित पुरस्कार राशि क्रमश: २०, १५, १२ र १० हजार छ ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल भाषाको पत्रकारिताको विकास, सञ्चारमाध्यम समावेशी बनाउन सरकारको तर्फबाट आफ्नो महत्वपूर्ण पहलकदमी रहने बताए ।

पत्रकार दबूका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरु बिरामी, दुर्घटना वा अन्य कुनै समस्या उत्पन्न भए आर्थिक सहयोग दिन खडा गरिएको अक्षय कोषमा रकम बढाएर ५० लाख पुर्‍याउने लक्ष्य राखेको बताए ।


प्रकाशित : मंसिर १८, २०७८ १९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×