कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कतारमा जनप्रगतिशीलको पाँचौं अधिवेशन

काठमाडौँ — नेकपा माओवादी केन्द्रको विदेशस्थित भातृ संगठन नेपाली जनप्रगतिशील मञ्च कतारको पाँचौ अधिवेशनले बुद्धिप्रसाद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

कतारमा जनप्रगतिशीलको पाँचौं अधिवेशन

कतारको राजधानी दोहामा शुक्रबार रकमध्वज राईको अध्यक्षतामा सम्पन्न अधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र देवकोटा, उपाध्यक्षहरु क्रमशः उत्तम गुरुङ, मोहम्मद सद्धाम हुसेन, कृष्ण परियार, दुर्गा पासवान, महासचिव माहमुद कार्की, सचिव शेष सहनवाज आलम (प्रवेज), उत्तर बहादुर रोका, दिपक भट्टराई, कोषाध्यक्ष अमृत गौतम र सह–कोषाध्यक्षमा सुनिल चौधरी लगायतका लाई निर्विरोध चयन गरेको हो ।

अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको सुरक्षाको लागि सरकारले गम्भीर ढंगले काम गरिरहेको बताए ।

प्रकाशित : मंसिर ४, २०७८ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?