दिल्लीमा दुई नेपालीभाषी महिलाको हत्या- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीमा दुई नेपालीभाषी महिलाको हत्या

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतको राजधानी दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या भएको छ ।

सोमबार हत्या गरिएका महिलामा मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४० वर्षीया सुजला गुरुङ छन् । दिल्लीस्थित निजामुद्दिन थाना अन्तर्गत के ब्लक जङ्गिपुरा एक्सटेन्सनको एक घरमा उनीहरुको शव फेला परेको हो । उनीहरु त्यही घरमा कार्यरत थिए । उनीहरुको मुखमा टेप लगाइएको र हात–खुट्टा बाँधिएका कारण उनीहरुको हत्या भएको प्रहरीको दाबी छ ।

भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीको जङ्गिपुरामा कार्यरत दुई महिलाको अज्ञात व्यक्तिहरूले हत्या गरेको हो । प्रहरीले जाँचका क्रममा ४५ सेकेन्डको सीसीटिभी फुटेज फेला पारेको छ । जसमा महिलाको शव भेटिएको घर बाहिर पाँच मास्कधारी उभिएको देखिन्छ ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले सुजला गुरूङको फोन रेकर्ड फेला पारेको छ । मिना राईको मोबाइल भने गायब छ ।

एम्स अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिएको र उनीहरुको मंगलबार अन्त्येष्टि गरिएको छ ।

प्रकाशित : मंसिर १, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरूको धर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरुले धर्ना दिएका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा वकिलहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, भ्रष्टाचार गरेकोभन्दै कात्तिक पहिलो सातादेखि राजीनामा माग गर्दै आन्दोलनरत छन् । 


प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशरुले पनि इजलास बाहिष्कार गर्दै आएका छन् । मंगलबार सर्वोच्चका ४ जना न्यायाधीशरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छन् ।

प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै आन्दोलनरत पक्षलाई संवादमा आउन आह्वान गरेका छन् भने नेपाल बारले प्रधानन्यायाधीशसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ ।

प्रकाशित : मंसिर १, २०७८ १०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×