कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पेरिसमा देउसी र भैलो

ददि सापकोटा

पेरिस — फ्रान्सको राजधानी पेरिसका नेपालीहरुले शुक्रबार साँझ देउसी भैलो खेलेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको आयोजनामा नेपालीहरुले पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीको निवासबाट देउसी भैलो सुरु गरेका हुन् ।

पेरिसमा देउसी र भैलो

देउसी र भैलोकै दिन राजदूत अधिकारीले विदेशमा बसेर पनि नेपाली संस्कृति र पर्वको संरक्षणमा यहाँका नेपालीले महत्वपूर्ण भूमिका खेलेको बताए । 'तपाईंहरु धन सम्पत्ति कमाउन भनेर विदेश आउनुभयो । तर परदेशमा बसेर पनि नेपाल, नेपाली संस्कृति र हाम्रो सम्पदालाई जिवन्त राख्न महत्वपूर्ण भूमिका खेलिरहनु भएकोमा यहाँहरुको प्रशंसा गर्छु,' राजदूत धितालले भने ।

देउसी भैलो भट्याएर नेपालीले आफूहरुसँगै राजदूत अधिकारीलाई पनि नचाएका थिए । फ्रान्सेली परिवारको धर्मपुत्री बनेकी रिता तामाङ गेराँ पनि देउसी भैलो खेल्न पुगेकी थिइन् । आफू तामाङ परिवारको भएको र आफ्नो जन्मभूमिबारे जानकारी राख्न, रमाउन तिहारको देउसी भैलो खेल्न आएको बताउँदै रिता तामाङ गेराँले भनिन्, 'आफ्नो जन्मथलोका बारेमा जान्न मन लागेर आएकी हुँ । नेपाली संस्कृतिबारे जान्न र यसमा सकेसम्म रमाउन चाहन्छु ।'

गैर आवासीय नेपाली संघ फ्रान्सले सन् २००८ देखि पेरिसमा देउसी भैलो कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित : कार्तिक १३, २०७८ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?