कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लकडाउनबीच अस्ट्रेलियामा दसैंको उल्लास

नारायण खड्का

अस्ट्रेलिया — कोरोनाका कारण अन्य वर्षजस्तै साथीभाईसँग रमाइलो गर्न नपाएपनि अस्ट्रेलियाका नेपालीले दसैं उल्लासका साथ मनाएका छन् । अहिलेपनि भिक्टोरिया लगायतका केही राज्यमा लकडाउन जारी रहेपनि नेपालीले आफ्नै परिवारसँग मात्र भएपनि दसैं मनाइरहेका छन् ।

लकडाउनबीच अस्ट्रेलियामा दसैंको उल्लास
लकडाउनबीच अस्ट्रेलियामा दसैंको उल्लास

नेपालीको जनसंख्या बढेसँगै अस्ट्रेलियामा दसैंतिहारको महत्त्व बढेको मात्र छैन कि स्थानीय तथा केन्द्रीय राजनीतीज्ञको नजरमा समेत यो पर्व पर्न थालेको छ । यसवर्षको दसैंको अस्ट्रेलियाका प्रतिपक्षी दलका लेबरका नेता एन्थोनी अल्बानिजमात्र नभएर भिक्टोरिया, दक्षिण अस्ट्रेलिया लगायतका राज्य प्रमुख, मन्त्री लगायतले समेत प्राथमिकताका साथ नेपालीलाई शुभकामना बाँडेका थिए ।

लकडाउनबीच अस्ट्रेलियामा दसैंको उल्लास

नेपालीले समेत परम्पारगत रुपमा मनाइदै आएको दसैंलाई मिलेसम्म आफ्ना मान्यजनको हातबाट टीका तथा जमरा थापेर दसैं मनाएका थिए । लकडाउनका घोषणा गरिएका राज्यका नेपालीले आफ्नै परिवारसँग दसैं मनाएका थिए भने अन्य राज्यमा रहेका नेपालीले आफन्त तथा ठूलाबडाको हातबाट टीका तथा जमरा थापेका थिए ।

लकडाउनबीच अस्ट्रेलियामा दसैंको उल्लास

पछिल्लो समयमा दोस्रो पुस्ताका नेपाली बालबालिका हुर्कन्दै जान थालेपछि यसलाई आफ्नो कलासंस्कृति दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने अवसरका रुपमा समेत लिन थालिएको छ ।

लकडाउनबीच अस्ट्रेलियामा दसैंको उल्लास

आफ्ना बालबालिकालाई दसैंतिहार जस्ता पर्वको महत्त्व बुझाउने मात्र नभएर कसरी र किन मनाउने भनेर सिकाउन समेत थालिएको छ । झन त्यसमा नेपालबाट आएका अभिभावकले महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

लकडाउनबीच अस्ट्रेलियामा दसैंको उल्लास

लकडाउनबीच अस्ट्रेलियामा दसैंको उल्लास


प्रकाशित : आश्विन २९, २०७८ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?