हङकङका नेपालीबीच दसैं उल्लास

प्रदीप मेन्याङ्बो

सुनसरी — हङकङ नेपाली महासंघको आयोजनामा हङकङमा बसोबास गर्दै आएका नेपाली समुदायवीच एकापसमा सद्भाव कायम राख्न विजया दशमी तथा शुभदीपावलीको उपलक्ष्यमा भेटघाट तथा शुभकामना आदानप्रदान गरेको छ ।

हङकङका नेपालीबीच दसैं उल्लास

हङकङको जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा आयोजित सामूहिक भेटघाट र शुभकामना आदाना प्रदान समारोहमा हङकङका लागि नेपाली महावाणिज्यदुत उदय बहादुर राना मगरले जहाँ गएपनि नेपालीको आफ्नो सांस्कृतिक चाडपर्वले पहिचान दिलाएको बताए । उनले भने, ‘आफ्नो चाडबाडमा भेटघाट गर्नु र अरु बेला भेटघाट गर्नुको फरक पक्कै हुन्छ । यस्ता सांस्कृतिक भेटाघाटाले हङकङमा बस्ने नेपाली समुदायलाई एउटै मालामा गास्ने काम गरेको छ ।’

महासंघका अध्यक्ष टंक रानाको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान समारोहमा महासंघको अफिसियल वेवसाइट डब्लुडब्लुडब्लु डट एचकेएनएफ डट ओआरजी को शुभारम्भ पनि गरिएको थियो ।

उक्त अवसरमा अध्यक्ष रानाले नेपाली संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको महासंघले सीएसटीएन प्रोजेक्ट मार्फत नेपाली समुदायलाई विभिन्न सेवाहरु दिँदै आएको जानकारी बताए । उनले भने, ‘हङकङमा नयाँ सुरक्षा कानून लागू भएयता महासंघले अल्पसंख्यक नेपाली समुदायले भोगिरहेको विभिन्न समस्या र चुनौतीको सामना गर्न र समाधान गर्न महासंघले हङकङ सरकार समक्ष राखेको छ ।सरकारले पनि हाम्रो कुरालाई क्रमस समाधान गर्दै जाने आश्वासन दिएको छ ।’

उनले सरकारसँग हङकङमा बस्ने नेपालीहरु मृत्यु भएका बेला जमिनमा राख्नका लागि सिमेट्री (समाधी स्थल), नेपालीहरुका लागि सामुदायिक क्लव भवन, चिनियाँ भाषामा दख्खल नभएपनि सरकारी स्तरबाट रोजगारी दिलाउनु पर्ने लगायत विषयमा औपचारिक रुपमा माग राखेको बताए । हङकङमा हाल करिव ४५ हजार नेपालीहरु त्यहीको परिचयपत्र (नागरिकता) लिएर बसेका छन् ।

प्रकाशित : आश्विन २६, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?