न्यूयोर्कमा ६० जना हिमाल आरोही सम्मानित 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका ६० जना हिमालआरोहीहरू अमेरिकामा सम्मानित भएका छन् । न्यूयोर्क राज्य सांसद जेनिफर राजकुमारले ती हिमाल आरोहीहरूलाई सम्मान गरेकी हुन् । न्यूयोर्कमा आयोजित विशेष समारोहमा आरोहीहरूलाई सम्मानपत्रबाट सम्मान गरिएको हो । सोही अवसरमा ‘युएस–नेपाल क्लाइम्बर्स एसोशिएसन' का स्वयंसेवकहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

न्यूयोर्कमा ६० जना हिमाल आरोही सम्मानित 

कार्यक्रममा हिमाल आरोही शेर्पाहरूको अदम्य साहस, त्याग र इमानदारिताको सम्मान गर्दै न्यूयोर्क राज्यको राजधानी आल्बानीमा सगरमाथा दिवस मनाइने राज्य सांसद जेनिफरले घोषणा समेत गरिन् । मे २९ लाई राज्य सांसदबाटै सगरमाथा दिवसका रुपमा घोषणा गर्न राजकुमारले राज्य संसदमा एक रिजोलुसन पेश गर्दैछिन् । उनले अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई यस वर्ष देखि न्यूयोर्कको राजधानी आल्बानीमा समेत मनाईने घोषणा गरिन्

कार्यक्रममा नेपाली महावाणिज्यदूत बिष्णुप्रसाद गौतमले सगरमाथा दिवसलाई न्यूयोर्कमा मान्यता दिएकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

नेपाल सरकारले मे २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउने निर्णय गरे पछि यस दिवसलाई विश्वका विभिन्न देशका पर्वतारोहीहरूले पनि मनाउदै आएका छन् ।

प्रकाशित : आश्विन २०, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?