२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

जीएफसी कप सिम्रिक फुटबल क्लबलाई

अस्ट्रेलिया — अस्ट्रेलियाको ब्रिसबनमा आयोजना गरिएको जीएफसी कप स्थानीय सिम्रिक फुटबल क्लबले जितेको छ । कोरोना माहामारीबिच समेत आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न स्थानका १२ क्लबले सहभागिता जनाएका थिए ।

जीएफसी कप सिम्रिक फुटबल क्लबलाई

ब्रिसबनमा रहेका नेपाली फुटबल क्लबबीच आयोजना गरिएको प्रतियोगितामा विभिन्न ३ समूहमा प्रतिस्पर्धा गराइएको थियो । जित हासिल गरेको सिम्रिक क्लबले प्रतियोगितामा कुनै हार ब्योहोरेन । क्लबले उपाधिसँगै ३ हजार डलर र कप जितेको हो ।

यहाँस्थित गोर्खा फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा उपविजेता फरेभर योङ फुटबल क्लबले १ हजार डलर र ट्रफी हात पारेको थियो । प्रतियोगितामा बेस्ट गोलकिपर विजेता क्लबका शैलेन्द्र बस्नेत बनेका थिए भने फाइनल प्रतियोगिताको प्लेयर अफ द म्याच नरेन्द्र रावलले पाए । प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट फरेभर योङ फुटबल क्लबका रोशन न्यौपानेले हात पारे ।

आयोजकले ब्रिसबनमा रहेका नेपाली फुटबल खेलाडीलाई स्थान दिन र नयाँ प्रतिभालाई अघि आउन प्रेरित गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जनाएको छ । प्रतियोगितामा स्थानीयका साथै नेपाली दर्शकको राम्रो सहभागिता रहेको थियो ।

प्रकाशित : आश्विन ६, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?