ओमानको क्रिकेट मैदानमै संविधान दिवस मनाइयो

काठमाडौँ — ओमानमा संविधान दिवस अल अमारतस्थित क्रिकेट मैदानमा मनाइएको छ । कार्यक्रममा अल अमारतस्थित क्रिकेट मैदानमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र उपकप्तान दीपेन्द्र सिंह ऐरीले केक काटेका थिए । नेपाल कप्तान ज्ञानेन्द्र मल्लको बुबा स्वर्गारोहण भएको एक वर्ष नपुगेका कारण उनी साथमा उभिएका मात्र थिए । केकमा नेपाल र ओमानको झन्डा बनाइएको थियो । 

ओमानको क्रिकेट मैदानमै संविधान दिवस मनाइयो

ओमानका लागि नेपालका राजदूत ढकालले नेपाली टोलीलाई संविधान दिवसको शुभकामना दिनुका साथै आजको खेलमा जितका लागि शुभकामना दिएकी थिइन् । कार्यक्रममा ओमान क्रिकेट संघका प्रमुख पंकज खिम्जीबाहेक ओमान क्रिकेट संघका उच्च पदाधिकारी, अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) का पदाधिकारी र ओमान क्रिकेट टिमका खेलाडीहरुको उपस्थिति थियो ।

यसबाहेक संविधान दिवसको अवसरमा शनिबार साझ नेपालको राजदूतावास परिसरमा दिप प्रज्वलन गरिएको थियो । साथै आजै बिहान राजदूतावासमा रातदूत ढकालले नेपालको झन्डोत्तोलन गरेकी थिइन् । त्यस्तै नेपाल र ओमानबीचको खेल हेर्न क्रिकेट मैदान आइपुगेका दर्शकलाई लन्च बक्स वितरण गरिएको थियो ।

संविधान दिवसको दिन यसअघि अझ भव्य कार्यक्रम हुने भए पनि यसपटक कोभिड–१९ प्रोटोकलका कारण ठूलो कार्यक्रम गर्न नसकिएको नेपाली अधिकारीले बताए ।

प्रकाशित : आश्विन ३, २०७८ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?