कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सल्यानका राउटे परिवारलाई लन्डनबाट सहयोग

काठमाडौँ — लन्डन । सल्यानस्थित सल्लीबजार नजिक रहेका राउटे परिवारलाई लन्डनस्थित एक व्यवसायीले विभिन्न सामग्री सहयोग गरेका छन् ।

चिसिँदो मौसमलाई मध्यनजर गर्दै दयनीय जीवनशैली बिताइरहेका ४६ राउटे परिवारका १४१ जनालाई शुक्रबार एक कार्यक्रमबीच व्यवसायी रवीजंगले लामिछाने टेन्ट, म्याट्रेस, ब्ल्यांककेट, चप्पल, साबुन, आंटालगायत सामग्री प्रदान गरेका हुन् ।

सल्यानका राउटे परिवारलाई लन्डनबाट सहयोग

ती सामग्री राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राउटे परिवारलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले राउटे जातिको जीवनस्तर सुधार्न दीर्घकालिन योजनामा जोड दिए । उनले अहिलेसम्मका सरकारले राउटेको जीवनस्तर सुधारेर सामाजिकीकरण गर्ने सवालमा ठोस् योजना ल्याउन नसकेको पनि बताए । 'राउटेहरुको भाषा, संस्कृति, धर्म, रीतिरिवाज संरक्षण गरेर उनीहरुको जीवनस्तर रुपान्तरण गर्न जरुरी छ, उनीहरुलाई सहयोगका नाममा अरुले फाइदा लिइरहेका छन्', अध्यक्ष तिमिल्सिनाले भने ।

सहयोग वितरण कार्यक्रममा सल्यान र सुर्खेतका प्रमुख जिल्ला अधिकारी, स्थानीय मेयर, प्रदेश सांसद, प्रहरी प्रमुखलगायत सहभागी थिए ।

रविचन्द्र ट्रष्ट नेपालका संस्थापक अध्यक्ष लामिछानेले अहिले ट्रष्टमार्फत ४० जना अनाथ जेहेन्दार बालबालिकालाई नेपालका विभिन्न जिल्ला पर्वत, दाङ, गोरखाको बोर्डिङ स्कुलमा पढाइरहेका छन् ।

प्रकाशित : आश्विन २, २०७८ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?