नेपालमा रोकिएका हङकङ परिचयपत्र वाहक फर्किन पाइने- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा रोकिएका हङकङ परिचयपत्र वाहक फर्किन पाइने

सुनसरी — कोरोना महामारीका कारण लामो समयदेखि नेपालमा रोकिएका हङकङ परिचयपत्र वाहक नेपाली फर्किन पाउने भएका छन् । हङकङ सरकारले नेपाल कोरोनाको अति जोखिमयुक्त मुलुकको श्रेणीमा राखेर गत मे महिनादेखि हवाइ यात्रा बन्द गरिदिएपछि हङकङ परिचयपत्र वाहक (हङकङ आइडी) नेपालीहरु अड्किएका थिए ।

हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष तथा नेप्लीज सर्भिस सेन्टरका इन्चार्ज रिता गुरुङका अनुसार शुक्रबार हङकङ सरकारको फुड एण्ड हेल्थ व्यूरो इस्ट वीङ सेन्ट्रल गभर्नमेन्ट अफिसमा भएको छलफलपछि हङकङ आइडी वाहकलाई आउन दिने जानकारी दिएको हो । यसअघि नेपालमा कोरोना विरुद्धको खोप लगाएपनि हङकङ सरकारले मान्यता दिएको थिएन ।

उनले भनिन्, ‘कोरोना महामारी सुरु भएपछि पनि हङकङमा भ्याक्सिन लगाउन नपाई पारिवारिक, व्यावसायिक कारणले नेपाल गएकाहरुलाई फर्काउन महासंघले हङकङ सरकारलाई पटक-पटक ज्ञापनपत्र बुझाएका थियौं । सरकारका सांसदहरुसँग छलफल र अन्तक्रिया गर्दै आएका थियौं । त्यसको परिणाम हङकङ सरकारले हाम्रो कुरा सुन्यो र नेपालमै भ्याक्सिन लगाएका हङकङ आइडी वाहकलाई फर्किन दिएको छ ।’ हङकङ आइडी वाहक एक हजारभन्दा बढी नेपालमा रोकिएका छन् ।

हङकङ सरकारले शुक्रबार नै स्वास्थ्य तथा खाद्य व्युरोमा नेपाली प्रतिनिधि बोलाएर समस्या सुनेपछि सरकारी ग्याजेटमा तत्काल सार्वजनिक गर्दै हङकङ फर्किन पाउने व्यवस्था गरेको गुरुङले बताइन् । उनकाअनुसार हङकङ फर्किनका लागि सेप्टेम्बर १५ तारिखदेखि पाउने छन् । तर, त्यसका लागि कोरोना संक्रमण भए/नभएको पीसीआर जाँच ७२ घण्टाभित्र दुईपटक गरेको र रिपोर्ट नेगेटिभ आएको हुनु पर्ने छ ।

उनले भनिन्, ‘हङकङ सरकारले केही सर्त राखेको छ । नेपालमा भ्याक्सिन लगाए पनि हङकङ आएपछि २१ दिन होटल क्वारेन्टीनमा बस्नु पर्ने प्रावधानको पालना भने गर्नुपर्ने छ ।’

हङकङमा समुदायस्तरमा कोरोना संक्रमण शुन्य छ । तर बाहिरबाट आएका व्यक्तिहरुमा फाट्टफुट्ट देखिएकाले पीसीआर जाँच र होटल क्वारेन्टाइन कडारुपमा लागू गरिएको गुरुङले बताइन् ।

हङकङ सरकारले स्थायी बासिन्दालाई मात्र आउन दिने भएपछि आफूहरुले ती आइडी वाहकमा आश्रित, भ्याक्सिन नलगाएका, जटिल रोग भएका व्यक्ति र नेपालमा भ्याक्सिन नलगाएका १८ वर्ष मुनिका बालबालिकालाई पनि आउन दिनुपर्ने वातावरण बनाउन माग गरेको गुरुङले बताइन् । जवाफमा स्वास्थ्य तथा खाद्य व्युरो प्रमुख डा टिवाइ चुइले त्यसको पनि क्रमश: व्यवस्था गर्दै जाने जानकारी दिएको गुरुङले बताइन् । त्यस अवसरमा महासंघका सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुली र गुरुङले नेपालीहरुलाई डोमेस्टिक भिसा उपलब्ध गराउनुपर्ने लगायत माग राखि ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित : भाद्र २६, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्

एमसीसीको विरोध गर्दै बानेश्वरमा प्रदर्शन [तस्बिरहरू]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — काठमाडौंको नयाँ बानेश्वरमा एमससीको विरोध गर्दै प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले एमसीसी उपाध्यक्ष फतिमा सुमारविरुद्ध नाराबाजी गर्नुका साथै एमसीसी खारेजीको माग गरेका थिए । सो क्रममा प्रहरीले केही प्रदर्शनकारीहरूलाई पक्राउ गरेको थियो ।


प्रकाशित : भाद्र २६, २०७८ १६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×