कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एनआरएनए अस्ट्रेलियामा नयाँ नेतृत्व

नारायण खड्का

अस्ट्रेलिया — प्रवासी नेपालीहरुको संगठन एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा वर्तमान प्रवक्ता रहेका गुरुङले प्रतिद्वन्द्वी डा. ज्ञानेन्द्र रेग्मीलाई करिब ३ हजार मतान्तरले हराउँदै विजयी बनेका हुन् ।

एनआरएनए अस्ट्रेलियामा नयाँ नेतृत्व

हरेक दुई वर्षमा आयोजना गरिने एनआरएनए अस्ट्रेलियाको निर्वाचन यस वर्ष कोरोना भाइरसका कारण सरकारले केही राज्यमा लकडाउन घोषणा गरेकाले पूर्णरुपमा अनलाइनमार्फत आयोजना गरिएको थियो । १५ हजार ३ सय मतदाता रहेकोमा जम्मा १४ हजार २ सय १३ ले मत हालेका थिए । ८ आईसीसी सदस्यसहित ६ राज्य तथा दुई टेरिटोरीमा उपाध्यक्षसहितको कार्यसमितिका लागि निर्वाचन भएको थियो । निर्वाचन समितिका सचिव सुजित सिग्देलका अनुसार महासचिवमा राजु अधिकारी, सचिव सन्ध्या शाह, कोषाध्यक्ष अनिल पोखरेल, सहकोषाध्यक्ष राजकुमार नगरकोटी र युवा संयोजकमा बबिन मिश्र र सचिवमा क्षितिज बुढाथोकी निर्वाचित भएका छन् । महिलाको संगठन नारी निकुञ्जमा सिड्नीकी मोनी लिम्बुलाई पराजित गर्दै एडिलेडकी मञ्जु खड्का विजयी भएकी छिन् ।

न्युसाउथ वेल्समा वर्तमान संयोजक देव गुरुङ विजयी बनेका छन् भने सुकृति राज्यलक्ष्मी भट्ट, विनोद कुँवर, राकेश जोशी र भावना श्रेष्ठ क्रमश: सहसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्षमा छानिएका छन् । त्यस्तै, अस्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा अशोक बस्नेत, सहसंयोजक विक्रम सुवेदी, सचिव काशी भुसाल, सहसचिव सीता पौडेल सापकोटा र कोषाध्यक्षमा विशाल कँडेल चुनिएका छन् । नर्दन टेरीटोरीको संयोजक, सहसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: विष्णु चापागाईं, सञ्जिव गोर्खाली, शिवराम पौडेल, आकाश बिसी र विजय शर्मा छन् भने क्विन्सल्यान्डमा विनोदभक्त आचार्य, शम्भु घैसे, अतुल खड्का, श्यामकुमार बस्नेत र सन्तोष पौड्याल क्रमश: संयोजक, सहसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्षका रुपमा निर्वाचित बनेका छन् ।

शनिबार नै घोषणा गरिएको नतिजा अनुसार दक्षिण अस्ट्रेलियाको संयोजक रेणुका लामा, सहसंयोजक सञ्जय पुरी, सचिव विनोद बानियाँ, सहसचिव शंकर भट्टराई र कोषाध्यक्ष विष्णु चापागाईं छन् । भिक्टोरियामा निर्वाचनअघि नै सर्वसम्मत रुपमा नेतृत्वको चयन गरिएको थियो । जसमा संयोजक, सहसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: हरि खड्का, नारायण कटुवाल, गणेश कँडेल, दीपक अधिकारी र हेमराज पौडेल छन् ।

यसैगरी पश्चिम अस्ट्रेलियामा समेत सर्वसम्मत गरिएको थियो जसमा दीपक बस्नेत, सुनिल श्रेष्ठ, प्रमेश केसी, गोपाल शर्मा र महेश लामा संयोजक, सहसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्षमा चुनिएका छन् भने तास्मानियाको अध्यक्षमा राकेश शाक्य, सहसंयोजकमा जगदीश खड्का, सचिव लोकेन विष्ट, सहसचिव चन्द्रकृष्ण हाइजु र कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित बनेका छन् । नयाँ कार्यसमितिलाई केही समयपछि सामूहिक कार्यक्रमको आयोजना गरेर पद हस्तान्तरण गरिने बताइएको छ ।

प्रकाशित : श्रावण १७, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?