कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एनआरएनए बहराइनको अध्यक्षमा गिरी 

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए), बहराइनको अध्यक्षमा लक्ष्मी गिरी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनले प्रतिद्वन्द्वी सुभाष केसीलाई पराजित गरेकी हुन् । 

एनआरएनए बहराइनको अध्यक्षमा गिरी 

राजधानी मनामामा भएको एनआरएनको आठौं महाधिवेशनमा गिरीले ९ सय ५६ मत र केसीले ३ सय ९ मत पाए । अन्तर्राष्ट्रिय समन्वय समितिमा बहराइनको तर्फबाट दिनेशबहादुर बस्नेतले प्रतिनिधित्व गरेका छन् ।

निर्वाचन संयोजक राजकुमार बस्नेतका अनुसार महाधिवेशनले वरिष्ठ उपाध्यक्ष अमर श्रेष्ठ, उपाध्यक्षद्वय तीर्थबहादुर भण्डारी र युवराज प्याकुरेल, महिला उपाध्यक्ष कृष्णकुमारी गुरुङ, महासचिव राजुकुमार श्रेष्ठ, सचिव वीरेन्द्र बुढाथोकी, कोषाध्यक्ष भावना आचार्य पन्त, सहसचिव कृष्णप्रसाद गैरे, महिला संयोजक संगीता खत्री, सहकोषाध्यक्ष दिपबिक्रम राना, युवा संयोजक सन्तकुमार न्यौपानेलाई चयन गरेको हो ।

सदस्यहरुमा तिलकबहादुर कार्की, दिपकबहादुर दर्जी, सुशीला खत्री, रुद्रमणि उप्रेती, मिना तामाङ, फलामसिंह लामा र सूर्य भण्डारी चयन भएका छन् ।

प्रकाशित : श्रावण १४, २०७८ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?