१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

एनआरएन केन्याको पाँचौ राष्ट्रिय महाधिवेशन

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्यामा कृष्णप्रसाद गैरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । केन्याकोतर्फबाट अन्तर्राष्ट्रिय समन्वय समितिमा प्रतिनिधित्व गर्नेमा भने टिका धिताल चयन भएका छन् ।

एनआरएन केन्याको पाँचौ राष्ट्रिय महाधिवेशन

केन्याको राजधानी नैरोवीमा सम्पन्‍न पाँचौ राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । निर्वाचन संयोजक कृष्णदत्त भट्टका अनुसार महाधिवेशनले उपाध्यक्षद्वय शिवलाल अधिकारी र लक्ष्मी बुलन, महासचिव यज्ञमणि रेग्मी (भरत), सचिव सुरेश मोर, कोषाध्यक्ष रवि जैन, महिला संयोजक मिरा गिरी, युवा संयोजकमा कमल अधिकारी चयन गरेको छ ।

त्यस्तै सदस्यहरु क्रमश: विष्णु भुसाल, गणेश कामी, प्रभाकर भण्डारी, राजन अधिकारी, राजेश पाठक, रेवत श्रेष्ठ र लक्ष्मण गैरे रहेका छन् ।

कार्यक्रममा आईसीसीका पूर्व सदस्य यादव काफ्ले, संस्थापक अध्यक्ष कुलबहादुर कार्की, एनआरएन इराकका पूर्व अध्यक्ष खेम पौडेल लगायतले अफ्रिकी मुलुकलाई मानव तस्करहरुले ट्रान्जिटको रुपमा प्रयोग गर्दै आएकाले सजगता अपनाउनुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनमा कोषाध्यक्ष यज्ञमणि रेग्मी (भरत) को आर्थिक प्रतिवेदन र महासाचिव टिका धितालको प्रगति प्रतिवेदनलाई पारित गरिएको थियो ।

प्रकाशित : श्रावण ४, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?