१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एनआरएनए यूकेले नेपाल पठायो १५० थान अक्सिजन कन्सन्ट्रेटर

लन्डन — एनआरएनए यूकेले बेलायतको नेपाली समुदायबाट संकलित रकमबाट १५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको छ ।  

एनआरएनए यूकेको संयोजन तथा नेपाली राजदूतावास लण्डन र एनआरएनए आइसीसीसंगको समन्वय एवं बेलायतका विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोगमा किनिएका १५० थान अक्सिजन कन्सन्ट्रेटर चीनको पोर्टमा कस्टम क्लियर भएर शनिबार नै नेपाल एयरलाइन्सको वाइड बडी जहाजमार्फत नेपाल पुग्ने एनआरएनए यूकेले जनाएको छ ।

बेलायतमा सञ्‍चालन भएको 'अक्सिजन पठाउँ नेपालीको ज्यान बचाउँ' अभियानमा सहयोग गर्ने सबै दाताप्रति एनआरएनए यूकेले आभार व्यक्त गरेको छ ।

अब एक दुई दिनभित्र अक्सिजन कन्सन्ट्रेटरहरु हस्तान्तरण भएर अस्पतालमा पुग्ने विश्वास छ । 'नेपालमा सामान उत्रिएपछि भन्सार क्लियर हुनासाथ आईसीसी हेड अफिसमा मशिनको प्राविधिक जाँच हुनेछ भने स्टिकरहरु लगाएर स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गरिने छ' एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले भनिन्-'यो अभियानमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिमा एनआरएन यूके हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।'

प्रकाशित : जेष्ठ २२, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?