३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चीनको छङ्तुमा पनि नेपाली महावाणिज्य दूतावास

लक्ष्मी लम्साल

बेइजिङ — चीनसँगको वाणिज्य आदानप्रदान फराकिलो बनाउने क्रममा नेपालले चीनको अर्को एउटा सहरमा महावाणिज्य दूतावासको औपचारिक शुभारम्भ गरेको छ । सोमबार सछ्वान प्रान्तको राजधानी सहर छङ्तुमा आयोजित एक समारोहका बीच चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नयाँ महावाणिज्य दूतावासको उद्घाटन गरे।

चीनको छङ्तुमा पनि नेपाली महावाणिज्य दूतावास

योसहित चीनका क्वाङ्चौ, तिब्बत स्वशासित क्षेत्र, हङकङ विशेष प्रशासनिक गरी चार क्षेत्रमा नेपाली वाणिज्य दूतावास स्थापना भएका छन्। चीनकै अर्को व्यापारिक सहर शाङ्हाईमा अवैतनिक दूतावास र बेइजिङमा भने नेपाली राजदूतावास रहेका छन् ।

नेपाली र चिनियाँ राष्ट्रिय गानका साथै दीप प्रज्वलन र नेपाली झण्डा फहराउँदै छङ्तुस्थित वाणिज्य दूतावास उद्घाटन गरिएको हो । समारोहमा राजदूत पाण्डेले महावाणिज्य दूतावासको स्थापनापछि नेपाल र चीनबीचको द्विपक्षीय आदान प्रदान अझै मजबुत हुने बताए ।

सछ्वान प्रान्तीय उपगभर्नर ली युनच, चीनको विदेश मन्त्रालय अन्तर्गत कन्सुलर डिपार्टमेन्टका महानिर्देशक छुइ आइमिनले नेपाली महावाणिज्य दूतावास खुलेपछि आपसी व्यापार, लगानी, पर्यटन तथा जनस्तरीय सम्बन्ध आदान प्रदानमा टेवा पुग्ने बताए ।

महावाणिज्य दूतावासका लागि नियुक्त महावाणिज्यदूत दिनेशकुमार घिमिरेले कृतज्ञता व्यक्त गरे भने कार्यक्रममा सछ्वान प्रान्त र छङ्तु सहरका विभिन्न अधिकारीहरूले भाग लिएका थिए ।

प्रकाशित : जेष्ठ १०, २०७८ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?