कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जर्मनीमा अन्तर्राष्ट्रिय नेपाली समाज गठन

काठमाडौँ — देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासको काम गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली समाजले जर्मनीमा नयाँ नेतृत्व चयन गरेको छ ।

विगत ८ वर्षदेखि जर्मनीलाई आफ्नो कर्मथलो बनाउँदै आएका सुमन बस्नेतको नेतृत्वमा जर्मनीको राष्ट्रिय कार्यसमिति गठन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा विनोद ढकाल र उपाध्यक्षहरुमा मुना कार्की र राधा गौतम चयन भएका छन् । त्यसैगरी महासचिवमा विकाश सुवेदी, सचिवहरुमा प्रदीप परियार, अमृत लामिछाने चयन भएका छन् ।

समितिको कोषाध्यक्षमा पशुपति तामाङ, सह-कोषाध्यक्षमा टीकाराम बस्याल चयन भएका छन् भने सदस्यहरुमा कृष्ण क्षेत्री, कपिल कार्की, मुन कुमारी गुरुङ, यादव क्षेत्री, रीना बुढ़ाथोकी , कमल अधिकारी, मुना पौडेल, उज्वल भण्डारी, कृष्ण ओली,सुवास पौडेल र सन्जु तामाङ रहेका छन् । त्यसैगरी नवगठित कार्यसमितिले मोहन बहादुर कार्की, हुमनाथ ढकाल र भरत चलाउनेलाई सल्लाहकारको रुपमा चयन गरेको छ ।

अनलाइन मार्फत भएको उक्त कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे,समाजकी महिला समिति अध्यक्ष डा. रेणुका सोलुलगायतको उपस्थिती थियो ।

प्रकाशित : वैशाख २५, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?