कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रक्तदाता मैनालीलाई न्युयोर्कमा सम्मान

काठमाडौँ — काभ्रे सिपाली घर भई हाल विश्वभर रक्तदानबारे अभियान सञ्चालन गर्दै आएका रक्तदाता अर्जुन मैनालीलाई न्युयोर्कस्थित नासाउ काउन्टीले मंगलबार सम्मान गरेको छ ।

रक्तदाता मैनालीलाई न्युयोर्कमा सम्मान

लामो समयदेखि नासाउमा बस्दै आएका मैनालीले निस्वार्थ भावनामा समुदायमा रक्तदानमार्फत योगदान पुर्‍याएको र जागरुक गरेकाले उनलाई नासाउ काउन्टी प्रमुख लाउरा कुरानले सम्मान प्रदान गरेकी हुन् । उक्त काउन्टीले मैनालीको अभियानलाई अनुकरणीय कार्य भनेको छ ।

काठमाडौंबाट ३३ वर्षअघि रक्तदान थालेका मैनालीले हालसम्म १ सय ९३ पटक रक्तदान गरिसकेका छन् । यो रगतले ५ सय ७९ व्यक्तिको बचाउमा सहयोग पुर्‍याएको छ । मैनाली रक्तदान गर्दै र गराउदै १७ वटा देश पुगिसकेका छन् ।


प्रकाशित : पुस ९, २०७७ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?