१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पोर्चुगलमा नेपालीको रेस्टुरेन्टलाई ४ अवार्ड

काठमाडौँ — पोर्चुगलको राजधानी लिस्बनस्थित बागलुङका टंक सापकोटाद्वारा सञ्चालित इटालियन रेस्टुरेन्ट र्फोनो दि ओरोले चार विधामा अवार्ड प्राप्त गरेको छ । 

पोर्चुगलमा नेपालीको रेस्टुरेन्टलाई ४ अवार्ड

ओरोले ‘उत्कृष्ट पिज्जा रेस्टुरेन्ट, पोर्चुगलको उत्कृष्ट पिज्जेरिया, इटाली बाहिरको उत्कृष्ट १० नापोलितान पिज्जेरिया र उत्कृष्ट बियर बिक्री गर्ने पिज्जेरियाको अवार्ड जितेको सञ्चालक सापकोटाले बताए । यो प्रतियोगिता युरोपमा प्रत्येक वर्ष हुने गर्छ ।

‘विदेशी भूमिमा विदेशी खानामा विदेशीहरुसँग प्रतिस्पर्धा गरेर अवार्ड पाउनु गौरवको महसुस गरेको छु’, उनले भने । उनी २५ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका छन् ।

प्रकाशित : पुस ४, २०७७ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?