नेपालको जलविद्युत र कृषि क्षेत्रमा सहकार्य गर्न ओमान तयार 

काठमाडौँ — ओमानले नेपालको जलविद्युत र कृषि क्षेत्रमा सहकार्य गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालसँगको भेटमा ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्री काइस मोहम्मद अल युसुफले उक्त कुरा बताएका हुन् । मन्त्री युसुफले नेपालका कृषि क्षेत्रका उत्पादनहरूलाई ओमानको बजारमा विशेष प्राथमिकता दिइने बताए ।

ओमानस्थित नेपाली राजदूतावासद्वारा बुधबार जारी विज्ञप्तीका अनुसार मन्त्री युसुफले नेपाल र ओमानबीच व्यापार, वाणिज्य तथा लगानी प्रवर्द्धनका लागि आवश्यक रणनीतिहरूका सम्बन्धमा पनि छलफल भइरहेको बताए ।

राजदूत ढकालले भेटका अवसरमा नेपालको वर्तमान स्थिर राजनीति, चलायमान अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशका बारेमा जानकारी गराएकी थिइन् । साथै, उनले नेपालमा वैदेशिक लगानीको उचित वातावरण सिर्जना भएकाले नेपालका जलविद्यूत, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटनजस्ता आकर्षित क्षेत्रहरूमा ओमानले लागानी गर्न सक्ने राम्रो अवसर रहेको उल्लेख गर्दै लगानीका लागि विशेष अनुरोध गरेकी थिइन् ।

प्रकाशित : भाद्र ३१, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?