कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चीनमा ६ महिनाअघि मृत्यु भएका नेपालीको शव न‍ेपाल पठाइयो

लक्ष्मी लम्साल

बेइजिङ — चीनमा माघ दोश्रो साता निधन भएका एक नेपालीको शव शुक्रबार नेपाल फर्काइएको छ । कोभिड-१९ महामारीका कारण गत जनवरी २३ तारिख वुहानमा लकडाउन गरिएपछि त्यहाँस्थित एउटा होटलका ‘सेफ’ पुष्कर खड्काको शव अस्पतालमै रहेको थियो ।

चीनमा ६ महिनाअघि मृत्यु भएका नेपालीको शव न‍ेपाल पठाइयो

हुबेई प्रान्तको वुहानस्थित इण्डियन मार्का होटलमा काम गर्ने दोलखाका ३८ वर्षीय नेपाली कामदार पुष्कर खड्काको जनवरी १९ तारिख राति आफू बसेकै होटलमा मृत्यु भएको थियो।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार शव नेपाल फर्काउने क्रममा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको ३९ हजार आरएमबी सहयोग र चीनस्थित नेपाली समुदायबाट संकलित ७३ हजार आरएमबी गरी १ लाख १२ हजार चिनियाँ युआन खर्च लागेको छ। दूतावासको समन्वयमा वुहानबाट मृतक खड्काको शव १६ सय किलोमिटर टाढा युनान प्रान्तको राजधानी खुनमिङस्थित छाङ्श्वे विमानस्थलमा शव वाहनद्वारा पुर्‍याइएको दूतावासका मिनिस्टर सुशील लम्सालले जानकारी दिए।

अस्पतालले जनाएअनुसार खड्कामा कोरोना भाइरसको संक्रमण थिएन। मृतकका आफन्‍त धनबहादुर कार्कीका अनुसार खड्का एक दशकदेखि चीनमा ‘सेफ’सम्बन्धी काम गर्दै आएका थिए।

चीनबाट ९७ नेपाली फर्किए

कोरोना महामारीका कारण अड्किएर बसेका ९७ जना नेपालीहरू शुक्रबार हिमालय एयरलाइन्सको फ्लाइटबाट नेपाल फर्किएका छन्। उनीहरूमध्ये अधिकांश अध्ययन पूरा गरेका विद्यार्थीहरू छन् भने कतिपय आफन्त भ्रमणको सिलसिलामा थिए।

खुनमिङ विमानस्थलबाट नेपालीहरू सहितको विमान बेइजिङ समयअनुसार दिउँसो सवा १ बजे काठमाडौंका लागि प्रस्थान गरेको छ। यसअघि गत असार २५ मा १०५ जना नेपाली स्वदेश फर्किएका थिए।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १६, २०७७ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?