दक्षिण कोरियामा एक महिनामा ४ नेपालीको मृत्यु 

गोकुल थोकर

साेल — दक्षिण कोरियामा एक महिनामा ४ जना नेपालीले ज्यान गुमाएका छन् । तीन जनाको सुतेकै अवस्थामा मृत्यु भएको छ भने एक जनाले औद्योगिक दुर्घटनाका कारण ज्यान गुमाएका छन् । 

दक्षिण कोरियामा एक महिनामा ४ नेपालीको मृत्यु 

आइतबार पश्चिम रुकुम मुसिकोट खलंगा घर भएका दीपक सिन्जाली मगरको सुतेकै अवस्थामा मृत्यु भएको हो । उनी छुङ्छङ्नाम्दो छनान आसानको कम्पनीमा काम गर्थे । ३९ वर्षीय सिन्जाली कम्पनीको खिसुक्सा(होस्टेल)मा हृदयघातका कारण मृत्यु भएको हुन सक्ने रुकुमकै खगेन्द्र बुढाले बताए । उनको शवलाई हाल नजिकैको अस्पतालमा राखिएको छ । ‘उनी काम गर्ने कम्पनीका साथीहरुसँग कुरा गर्दा स्वस्थ्यमा कुनै समस्या थिएन भन्छन् । सुतेकै अवस्थामा ज्यान गयो । हामीलाई अहिलेसम्म लास हेर्न पनि दिएको छैन । पहिला कोरोनाका कारण मृत्यु भएको हो कि भनेर टेस्ट हुने रहेछ । त्यसपछि मात्रै पोस्टमार्टमको प्रक्रिया हुने रहेछ ।’, उनले थपे ।

त्यस्तै शुक्रबार पोखराकी सबी भण्डारीको पनि हृदयघातका कारण ज्यान गएको छ । विगत दस वर्षदेखि कोरियामा रहेकी भण्डारी ६ महिनादेखि छुङ्जु सहरमा रेष्टुरेन्ट चलाउँदै आएकी थिइन् । त्यस्तै मे १२ मा स्याङ्जाका खड्गबहादुर थापा पनि सुतेकै अवस्थामा मृत्यु भएको थियो । ३३ वर्षीय थापाको शव नेपाल पठाउन नसकिए पछि कोरियामै दाहसंस्कार गरिएको थियो ।

गत सोमबार धादिङका मैती तामाङको औद्योगिक दुर्घटनाका कारण ज्यान गएको छ । अप्रिल २४ मा छनान थानजिनमा निर्माण कन्ट्रक्सनमा काम गर्ने बेला एक तलाबाट खसेर गम्भीर घाइते भएका थिए । नजिकैको थानगुक शिक्षण अस्पतालमा आईसियुमा राखि उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो । उनी विगत पाँच वर्षअघि भिजिट भिसामा कोरियामा आइ अवैधानिक रुपमा काम गर्दै आएको खुलेको छ ।

उनको उपचार खर्च ९ करोड वन (९० लाख रुपैयाँ) बिल आएपछि शवलाई कसरी अस्पतालबाट निकाल्ने भन्ने समस्या परेको मृतककी बहिनी कविता तामाङले बताइन् । ‘लगभग ९ करोड वन (९० लाख रुपैयाँ) अस्पतालमा बिल आएको जनाएको छ । यत्रो पैसा हामीले तिर्न सक्ने अवस्था पनि छैन । जति दिन अस्पतालमै राख्ने त्यति पैसा लाग्ने भन्छन् रे ।’ उनले भनिन् ।

मृतक तामाङको स्वास्थ्य बिमा नभए पनि कम्पनीले काम गर्दा दुर्घटना परे कम्पनी बिमामार्फत उपचार गराउनु पर्ने कोरियाली सरकारको नियम छ । कम्पनीको बिमाबाट उपचार खर्च कहिले आउने थाहा नभएकोले उपचार गर्दा लागेको पैसा तिर्न यहाँका संस्था रव्यक्तिहरुमा बहिनी कविताले सहयोग अपिल गरेकी छिन् ।

प्रकाशित : जेष्ठ २०, २०७७ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?