२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोरियामा ४५ सय नेपालीको भिसा अवधि सकिँदै, भन्छन्- 'जसरी हुन्छ फर्काइदेऊ'

कोरियामा भिसा सकिएका नेपालीको अर्को टाउको दुखाइको विषय 'इन्स्योरेन्स पोलिसी' पनि हो । वैधानिक रुपमा ६ महिना कटेका सबैले मासिक १२ हजारभन्दा बढी तिर्नुपर्छ ।
गोकुल थोकर

सोल, दक्षिण कोरिया — सोमबार प्रधानमन्त्रीले देशका नाममा सम्बोधन गर्दा कोरियाका उमेश पन्थी लकडाउन खुल्छ कि भन्ने आसमा थिए । लकडाउन खुले अन्तराष्ट्रिय हवाई उडान होला र नेपाल फर्किऊँला भन्ने उनको आशा थियो । उनी रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका हुन् । उनले भिसा सकिएको दुई महिनाभन्दा बढी भइसक्यो ।

कोरियामा ४५ सय नेपालीको भिसा अवधि सकिँदै, भन्छन्- 'जसरी हुन्छ फर्काइदेऊ'

कोरियामा ईपीएसअन्तर्गतआएका ३ हजारभन्दा बढी नेपालीको भिसा अवधि सकिएको छ । जुनको अन्त्यसम्म कोरियामा रोजगारीकालागि आएका ४ हजार ५ सय ३० जना नेपालीको भिसा सकिँदै छ । यसरी भिसा सकिएका नेपालीलाईकोरियाली सरकारले पहिलोपटक ५० दिन भिसा थपिदिने गरेको छ । त्यो समय सकिएकालाई ५/५ दिन भिसा दिन्छ । यसरी थपिएको भिसामा काम गर्न नपाउने भनिएको छ ।

प्रधानमन्त्रीले सम्बोधनकाक्रममा 'विदेशमा भएका नेपालीलाई नेपाल फर्काइने' भनेपछि पन्थीकोमनमा झिनो आशा भने पलाएको छ । भन्नका लागि त केके भन्छन् भन्छन्। तर कार्यान्वयन कहिले हुन्छ, यसै भन्न सकिन्न,’ उनले भने । उनी आफ्नो पहिलो कार्यावधि सकेर मार्च २५ मा घर जान तयार थिए ।सरकारले कोरोना संक्रमणबाट बच्नका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि पन्थीजस्तैनेपाल फर्कन नपाएका अरु नेपालीको पीडा पनि उस्तै छ ।

खर्चिलो कोरियामा२ महिनाभन्दा बढी काम नगरी बस्नुभन्दा हामी नै पैसा तिरेर नेपाल जान्छौं भनेका हौं। नेपाल सरकारले भनेबमोजिमको क्वारेन्टाइनमा बस्न तयार छौं । जानुअघि कोरियामै कोरोनाटेस्ट पनि गर्ने तर हाम्रो कुरा कसले सुन्ने ?’ पोछन सहरमा बस्दैआएका सुभास ढकाल भन्छन् ।

भिसा सकिएका नेपालीहरुजसरी हुन्छ आफ्नै देश फर्कन चाहन्छन् । उनीहरुले बारम्बार कोरियामा रहेको नेपाली राजदूतावासलाईसहयोग पनि मागे । तर चासो नदिएको ढकालले बताए । '२४तारिखमा दूतावासमै गएर धर्ना दियौं । तर उहाँहरुलेको जवाफ रेडिमेड थियो- हामीले केही गर्न सक्दैनौ । सरकारले केही निर्णय गरे खबर गर्छौं,’ उनले सुनाए ।

नेपाली राजदूतावासकाकार्यवाहक राजदूत रामसिंह थापा भने ईपीएसमार्फत कोरिया आएका नेपालीलाई भिसाको समस्यानभएको बताउँछन् । यहाँ भिसा सकिएका नेपालीलाईकाम गर्न नपाए पनि बस्नका लागि कुनै समस्या छैन । अहिलेसम्म कसैले पनि बेखर्ची भएकोभन्ने गुनसो गरेका छैनन् । तर हामीले अन्य सहयोग त गरेकै छौं,’ उनले भने, ‘नेपाल सरकारले छिट्टै विदेशमा भएको नेपालीलाईकसरी नेपाल लैजाने भन्ने कार्ययोजना बनाउँदै छ । त्यसपछि समस्या समाधान होला ।

भिसा सकिएका नेपालीलाईकेही कम्पनीले खिसुक्सा (कम्पनीको होस्टल) मै बस्न दिए पनि धेरैलाई बस्नको समस्या छ। यस्तैमा पर्छन्, जीवन मगर । मेरो मार्च २७ मा घर जाने टिकट थियो । त्यही बेलादेखि कम्पनी छाडेर बसेको छु,'उनले भने, 'कहिले साथीकहाँ जान्छु । सेल्टरमा बस्दादैनिक ५ हजार जति खर्च हुन्छ ।

कोरियामा एउटा कम्पनीछाडेर अर्को नपाउन्जेलका लागि बस्नका लागि विभिन्न संघसंस्थाले बस्ने व्यवस्थाका लागिसेल्टरखोलेका छन् । नेपाली रेस्टुरेन्टले खोलेको सेल्टरमाबस्दा इन्ट्री फीभनेर १० हजार लिन्छन्। बिहान-बेलुकीको खाना पनि त्यहीँ खानुपर्ने नियम छ । नेपालीरेस्टुरेन्टमा एक छाकको ८ सय देखि १२ सयसम्म पर्छ । कोरियामा भिसा सकिएका नेपालीकोअर्को टाउको दुखाइको विषय यहाँको इन्स्योरेन्स पोलिसी पनि हो । वैधानिक रुपमा ६ महिनाकटेका सबैले मासिक १२ हजारभन्दा बढी तिर्नुपर्छ ।

राम्रो आम्दानी गर्नेदेशमा पर्ने कोरियामा रहेका नेपालीलाई बेखर्ची नै हुने समस्या नभए पनि २/३ महिना कामै नगरी बस्दा नेपालबाटै पैसा झिकाउनुपर्ने अवस्था आउन लागेको ईश्वरश्रेष्ठ बताउँछन् । खर्चिलो छ कोरिया । पहिले गर्दै आएको कम्पनीमाकोरोनाकै कारण काम कम छ । बाहिर गएर काम गर्न नियमले दिँदैन,' उनी भन्छन्, 'धेरै साथीले त थेजीकम (उपदान) को पैसा सकाउनलागिसके । त्योभन्दा हामी नै पैसा तिरेर नेपाल जान पाए सजिलो हुन्थ्यो कि ?’

प्रकाशित : जेष्ठ १४, २०७७ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?