कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरोनाविरुद्ध लड्न एनआरएनए युरोपको आपत्‌‌कालीन कोष

ददि सापकोटा

पेरिस — गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय कमिटीले कोरोना संक्रमणविरुद्ध लड्न ५० हजार युरोको आपत्‌‌कालीन कोष स्थापना गरेको छ । कमिटीको बैठकले एनआरएनए युरोप कोभिड १९ सहयोग समिति समेत गठन गरेको छ ।

एनआरएनए केन्द्रीय अध्यक्ष कुमार पन्त, महासचिव हेम शर्मा, आईसीसी सदस्य रामशरण सिंखडा, कोषाध्यक्ष महेश श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक नारायण आचार्यसहितको बैठकले यस्तो निर्णय लिएको हो ।

उक्त रकम कोरोना प्रभावित क्षेत्रमा परिचालन गरिने आईसीसी सदस्य सिंखडाले जानकारी दिए ।

युरोप उपसंयोजक कृष्णप्रसाद तिमिल्सिनाका अनुसार संयोजक आचार्यको अध्यक्षता रहेको समितिको ११ सदस्यीय सचिवालयमा उपसंयोजकत्रय मुक्तबहादुर गुरुङ, कृष्णप्रसाद तिमिल्सिना र शुक्रराज न्यौपाने तथा आईसीसी सदस्यहरू रामशरण सिंखडा (यूके), सुभाष जोशी (बेल्जियम), सुनील रानाभाट (स्पेन), विजय मोक्तान (जर्मनी) र चिन्तामणि सापकोटा (स्पेन) छन् ।

बैठकले केन्द्रमा गठित स्वास्थ्य कार्यदलसँगको सहकार्यमा युरोप क्षेत्रका स्वास्थ्यविज्ञहरू रहने गरी डा. बोधराज सुवेदीको संयोजकत्वमा उपसमितिसमेत गठन गरेको छ । समितिले बिहीबारदेखि नै भाइरसको बढी प्रभाव रहेका युरोपेली देशमा समस्या पहिचान गरी लगत राख्न थाल्नेछ ।

समितिले अल्पकालीन तथा दीर्घकालीन सहयोग पहिचान गरी मूल समितिमा एक साताभित्र प्रतिवेदन पेस गर्ने निर्णय रहेको सिंखडाले जानकारी दिए ।


प्रकाशित : चैत्र २०, २०७६ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?