कोरोना प्रकोप : चिलीमा दर्जनौं नेपाली मारमा- प्रवास - कान्तिपुर समाचार

कोरोना प्रकोप : चिलीमा दर्जनौं नेपाली मारमा

ददि सापकोटा

पेरिस — दक्षिण अमेरिकी देश चिलीको इकिकीस्थित एउटा व्यापारिक मल बन्द हुँदा करिब ८० जना नेपाली बेरोजगार बनेका छन् । दक्षिण अमेरिकाकै ठूलामध्ये एक जोफ्री मल कोरोना भाइरस (कोभिड- १९) संक्रमणको त्रासले बन्द हुँदा त्यहाँ कार्यरत नेपालीहरू मारमा परेका हुन् ।

इकिकीस्थित उक्त मलमा कार्यरत राजेन्द्र कोइरालाका अनुसार उक्त सामुदायिक मलमा प्रत्येक दिन लाखौं व्यक्तिको भीड लाग्ने हुनाले त्यहाँको सरकारले कोरोना भाइरस सर्न सक्ने त्रासले बन्द गरिदिएको हो । मलमा अधिकांश पसलहरू भारतीय र पाकिस्तानीका छन् । इकिकी क्षेत्रमा बस्ने अधिकांश नेपालीहरूले तिनै भारतीय र पाकिस्तानीका पसलमा काम गर्छन् ।

सरकारले मल बन्द गर्ने निर्णय गरेपनि करचारीहरूलाई बन्द समयको तलब र सुविधा दिनैपर्ने नियम छैन । 'मल बन्द भयो । बन्दको समयमा तलब दिनै पर्छ भन्ने छैन । इन्डियन र पाकिस्ताने त हुन् ती सबैले नेपालीलाई तलब दिन्छन् भन्ने छैन,' कोइरालाले टेलिफोनमा कान्तिपुरसित भने, 'दुई तीन महिनासम्म त पहिले कमाएको पैसाले धानौंला । तर लामो समयसम्म बन्द भयो भने के गर्ने ?'

चिलीको राजधानी सान्टियागोका पनि अधिकांश मल, पसलहरू बन्द भएकाले नेपालीहरू थप मारमा पर्न सक्ने उनले बनाए ।

कोरोना भाइरसको संक्रमण बिस्तारै फैलिँदै जाँदा त्यहाँको उपचार पद्दतीले चिलीका नेपालीहरूलाई झनै मर्कामा पारेको छ । चिलीमा सरकारी अस्पतालहरू कम छन् । स्वास्थ्य चौकीमा गएर उपचार गरेपछि तिनको सिफारिसले मात्रै सरकारी अस्पतालमा सुविधा पाइन्छ । त्यहाँपनि निजी अस्पताल र क्लिनीकहरूको प्रभाव बढी छ । निजी क्लिनीकहरूको सेवा अत्यन्तै महँगो र झन्झटिलो रहेकोले उपचारमा कठिनाई हुनसक्ने कोइरालाले बताए । 'सिधै सरकारी अस्पताल जान पाइन्न । निजी क्लिनीक र अस्पत्ताल जान हामी नेपालीको कमाइले पुग्दैन । कोरोना भाइरस फैलियो भने दुःख पाइन्छ कि भनेर हामी चिन्तित छौं,' उनले भने ।

सपिङ मल एक सातादेखि मात्रै बन्द भएको चिली हेर्ने ब्राजिलस्थित नेपाली दूतावास निकै टाढा भएकाले हालसम्म दूतावाससित कुनै सहयोग नमागेको उनले बताए ।

चिलीमा करिब २ सय नेपाली कार्यरत छन् । तीमध्ये ८० देखि ९० जना चिलीको उत्तरी भेग इकिकी र बाँकी सान्डियागोमा बस्छन् । व्यापारका लागि त्यहाँको कानुन सजिलो भएकाले भारतीय र पाकिस्तानीहरूले वर्षौंदेखि ठूला ठूला पसल खोलेका छन् । केहिले भारतबाट पुराना गाडी ल्याएर मर्मतपछि दक्षिण अमेरिकाका पेरु, बोलिभिया, पाराग्वे लगायतका मुलुकमा बिक्री गर्छन् । अधिकांश नेपाली तिनै भारतीयका व्यापारिक क्षेत्रमा काम गर्छन् ।

प्रकाशित : चैत्र १८, २०७६ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्

फ्रान्समा पारासिटामोल, मास्क र पञ्‍जाको खरिदबिक्रीमा रोक, स्वास्थ्यकर्मीको समर्थनमा हरेक दिन ताली

ददि सापकोटा

पेरिस — बुधबारदेखि फ्रान्समा पारासिटामोल, मास्क र पञ्जाको बिक्रीवितरणमा सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बजारमा पारासिटामोल, मास्क र पञ्‍जाको अभाव बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो । अब सिटामोल खरिद गर्न पनि चिकित्सकको सिफारिस चाहिने छ ।

कोरोनाभारसको संक्रमण बढ्दै जाँदा नागरिकले औषधि पसलबाट व्यापक रुपमा पारासिटामोल, ञ्‍जा मास्क खरिद गरिदिँदा स्वास्थ्य क्षेत्रमा अभाव सिर्जना भएको भन्दै यस्तो निर्णय गरिएको स्वास्थ्य सेवा विभाग पेरिसका महानिर्देश प्रध्यापक जेरोम सालामोँले सार्वजनिक गरेका छन्

फ्रान्समाहरेक दिन चिकित्सकहरुलाई कम्तीमा ६० लाख थान पञ्‍जाआवश्यक पर्ने, लाखौं बट्टा सिटामोल चाहिने नागरिकहरुले स्टक राख्‍न खरिद गरिदिँदा चिकित्सकहरुलाई अभाव भएकाले बन्देज गरिएको बताइएको

नागरिकहरुमाउचित तरिकाले ञ्‍जा मास्क लगाउने ज्ञान नहुँदा त्यसले भारस रोक्नुको साटो झन फैलाउन सक्ने म्‍भावना रहेकाले पनि प्रतिबन्ध लगाउने निर्णय गरिएको सालामोँले बताए

यसैबी,कोरोना भारसको संक्रमणका बेला स्वास्थ्यकर्मीहरुले रातदिन खटेर स्वास्थ्य सेवा पुर्याएकाले तिनको मनोबल बढाउन, आदर सम्मानस्वरुप हरेक साँझ सात बजेदेखि आठ बजेसम्म झ्‍यालझ्यालबाट ताली बजाइने मंगलबार बिहानदेखि सामाजिक ञ्‍जालबाट यो अभियान सुरु गरिएको थियो साँझ सात बजे पेरिसका विभिन्न ठाउँमा नागरिकहरुले झ्याल खोलेर ताली बजाएका थिए उनीहरुले कोरोना भारसको संकट पूर्ण रुपमा नहटेसम्म यसलाई जारी राख्‍ने छन् यसअघि यस्तै अभियान स्पेनका नागरिकहरुले पनि चलाएका थिए

स्वास्थ्यसेवा विभाग, पेरिसका महानिर्देशक जेरोम सालामोँका अनुसार फ्रान्समा कोरोना भारस फैलिएपछि हालसम्म सात हजार सात सय ३० जनामा संक्रमण भएको तीमध्ये एक सय ७५ जना भएको भने सय ९० जना सघन उपचारमा छन् तीमध्ये सात प्रतिशत ६५ वर्षभन्दा कम उमेरका छन् सालामोँले हरेक तिनदिनमा कोरोनाबाट संक्रमितको संख्या तेब्बर हुने आगामी केही दिनसम्म यो प्रवृत्ति बढ्ने पनि सार्वजनिक गरेका छन्

प्रकाशित : चैत्र ५, २०७६ १३:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×