कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्पेन र फ्रान्समा आठ नेपालीमा कोरोना संक्रमण

ददि सापकोटा

फ्रान्स — स्पेनका सात र फ्रान्सका एकगरी ८ नेपालीमा कोरोना भाईरस संक्रमण भएको छ । स्पेनको बार्सिलोना निवासी सात नेपाली मध्ये एक जना गत सोमबारदेखि आईसीयूमा छन् ।

स्पेन र फ्रान्समा आठ नेपालीमा कोरोना संक्रमण

उनीसहित अन्य दुई जना बार्सिलोनास्थित हस्पिटल दे सान्त खोवान देस्पि अस्पतालमा छन् । सुरुमा रुघा खोकी लागेपछि निमोनिया होला भन्दै बसेको र स्वास्थ्य अलि खराब भएपछि अस्पताल पुग्दा चिकित्सकले कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरी अस्पतालमै भर्ना गरेको जानकारी एनआरएनए स्पेनका पूर्व अध्यक्ष चिन्तामणी सापकोटाले दिए ।


अन्य चार जना नेपाली मध्ये ३ जनलाई बार्सिलोनाकै हस्पिटल सेन्टपाउ भन्‍ने अस्पतालमा राखिएको छ । ती गत आठ दिनदेखि अस्पतालमा उपचारका क्रममा छन् । बाँकी एक जनामा कोरोना भाइरस पोजिटिभ भएपनि अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीहरुको निगरानीमा बार्सिलोनाकै एक होटेलमा राखिएको बार्सिलोनाका पत्रकार विजय शर्मा दर्पणले टेलिफोनमा कान्तिपुरलाई बताए ।


संक्रमित भएका अन्य केहीमा पोजिटिभ संक्रमण भएतापनि अवस्था सामान्य देखिएपछि चिकित्सकहरुले घरमै आराम गर्ने सल्लाह दिएर अस्पतालले डिस्चार्ज गरेको थियो । त्यसपछि घरमा आराम गरेर बस्दै गर्दा घरका अन्य सदस्यहरुलाइपनि सरेको नेपालीहरुले बताएका छन् ।


अहिले संक्रमित र तिनका परिवार र उनीहरुसँग सम्पर्कमा रहेकाका सबैको अस्पतालले स्वास्थ्य परीक्षण गरिरहेको छ ।


यस्‍तै स्विजरल्याण्डको सीमा नजिक फ्रान्स निवासी एक नेपालीलाई पनि कोरोना भाइरस लागेको छ । मुलुज निवासी उनी अहिले आफ्नै घरमा आइसोलेसनमा बसेका छन् । टाउको दुख्ने, ज्वरो आउने, नाकबाट पानी जम्ने र खोकी लाग्ने भएपछि स्वास्थ्य परीक्षण गराउँदा कोरोनाका लक्षण देखिएपछि चिकित्सकले आइसोलेनमा बस्न सल्लाह दिएका थिए ।

प्रकाशित : चैत्र १४, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?