कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रहेनन् तत्कालीन माओवादी नेतालाई सेल्टर दिने जयबहादुर

खर्च अभावमा समयमा भएन मिर्गौला प्रत्यारोपण
सुरेशराज न्यौपाने

नयाँदिल्ली — दस वर्षे सशस्त्र द्‍वन्द्वका बेला तत्कालीन नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाललगायत नेतारलाई सेल्टर दिएका जयबहादुर थापाको भारतको राजधानी नयाँदिल्लीमा उपचारको क्रममा निधन भएको छ । ५४ वर्षको उमेरमा थापा विगत दुई वर्षदेखि मिर्गौला रोगबाट पीडित थिए । 

रहेनन् तत्कालीन माओवादी नेतालाई सेल्टर दिने जयबहादुर

उनको दुवै मिर्गोलाले काम गर्न छाडेपछि नियमित रुपमै डायलसिस गर्दै आएका थिए । चिकित्सकले समयमै मिर्गौला प्रत्यारोपण गर्न सल्लाह गर्न नदिए पनि आर्थिक अभावका कारण प्रत्यारोपण नहुँदा विगत केही महिनायता उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । रोगले च्यापेपछि उनलाई दुई दिनअघि दिल्लीको विनायक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार मध्यान्ह करिब १ बजे उनको निधन भएको अखिल भारत नेपाल एकता मन्चका केन्द्रीय सचिव आरबी खड्काले पुष्टि गरेका छन् । खड्काअनुसार उनको बिहीबार नै दिल्लीकै हैदरपुर घाटमा अन्त्येष्टि गरिएको छ । उनका श्रीमतीसहित तीन छोरी, एक छोरा छन् ।


थापा पूर्वमाओवादीको प्रवास संगठन अखिल भारत नेपाली एकता मन्चको केन्द्रीय सल्लाहकार थिए । माओवादी विद्रोह चरमोत्कर्षमा रहेका बेला पार्टीका अधिकांश उच्च तहका नेताहरु भारतमा प्रवासमा रहेका बेला उनीहरुको बासस्थानदेखि सुरक्षाको जिम्मा थापाकै काँधमा थियो । पुष्पकमल दाहालदेखि बाबुराम भट्टराईलगायत अधिकांश नेताहरुलाई भारतको राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षित सेल्टरको व्यवस्था गर्ने जिम्मा थापाकै काँधमै थियो । तर, त्यस्तो निकै चुनौतीपूर्ण समयमा नेताहरुलाई साथ दिएका थापाले रोगविरुद्धको संघर्ष भने कसैबाट पनि साथ पाएनन् ।

यो पनि


प्रकाशित : चैत्र १३, २०७६ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?