१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लन्डनमा कोरोना संक्रमित नेपाली निको भएर घर फर्किइन्

लन्डन — लन्डनमा कोरोना संक्रमित एक नेपाली महिला उपचारपछि निको भएर घर फर्किएकी छन्।  

कोभिड-१९ पोजिटिभ देखिएपछि गत शुक्रबार अस्पताल भर्ना भएकी भगवती रानाभाट मंगलबार डिस्चार्ज भएको उनका पतिले जानकारी दिए । 'चिकित्सकहरुको बैठकपछि उनलाई डिस्चार्ज गर्ने निर्णय भएको रहेछ। अहिले हामी एउटै घर तर बेग्लै कोठामा छौं । उनी स्वस्थ छिन् । पूर्णरुपमा स्वस्थ हुनलाई अझै एक हप्ता लाग्छ भनेका छन् । उनले औषधि लिइरहेकी छिन् ।'


अस्पतालले श्रीमानसहित छोराछोरीलाई घरमा 'सेल्फ आइसोलेसन' मा बस्न भनेको थियो । १० दिनको सेल्फ आइसोलेसनपछि क्रिटिकल केयर युनिटमा उपचार गरिरहँदा उनले फेसबुकमा आफ्नो अस्पतालको तस्बिरसहित स्टाटस राखेर सबैलाई सतर्क रहन सबैमा अपिल गरेकी थिइन् ।

उच्च ज्वरो औषधिले निको नभएपछि उनलाई अस्पताल लगिएको थियो ।

प्रकाशित : चैत्र १२, २०७६ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?