कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनएले कोरोना प्रभावितको समन्वय गर्न हरेक देशमा संयोजक तोक्ने

कान्तिपुर संवाददाता

कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना शाखाहरुलाई परिचालन गर्ने भएको छ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र सम्पूर्ण मुलुकहरुमा रहेका राष्ट्रिय समन्वय परिषद् (एनसिसी) को संयुक्त बैठकले हरेक देशमा एक–एकजना संयोजक तोक्ने निर्णय गरेको छ ।


महासचिव हेमराज शर्माका अनुसार कोरोना प्रभावित देशहरुमा परिस्थितिमा सहजीकरण तथा समन्वय गर्न हरेक राष्ट्रिय समितिमा एक जना ‘कोअर्डिनेटर’ तोक्ने निर्णय गरिएको हो । बैठकले नेपाल सरकारले विभिन्न देशमा रहेका बैदेशिक नियोग तथा दूतावासहरुसँग समन्वय तथा सहकार्य गरी समस्या समाधानमा हातेमालो गर्ने राष्ट्रिय समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।


आईसीसी अध्यक्ष पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय 'हेल्थ कमिटी’ मार्फत सम्बन्धित देशहरुका एनसिसीको समन्वयमा विश्वका विभिन्न क्षेत्रमा समयानुकूल सुविधालाई मध्यनजर गरी अनलाइन स्वास्थ्य जनचेतना कार्यक्रम सञ्चालन निर्णय गरेको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्

एक साता जुम्ला 'लकडाउन'

एलपी देवकोटा

जुम्ला — जिल्ला प्रशासन कार्यालय जुम्लामा आइतबार बसेको विपद् व्यवस्थापन समितिले सोमबारदेखि एक साता जिल्लालाई 'लकडाउन' गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा भएको भन्दै जुम्लालाई चैत १० देखि १६ गतेसम्म लकडाउन गरिने भएको हो ।

रोजगारी र हिउँदे व्यापारमा भारत गएका जुम्लीहरु धमाधम घर फर्किन थालेपछि जुम्लामा कोरोना भइरसको उच्च जोखिम पनि बढेको हो ।

जुम्लामा मानिसहरुको चाप बढ्न थालेपछि कोरोनाको जोखिमबाट बचाउन लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । 'अत्यावश्यक सामग्री व्यवस्थापन गर्न र क्‍वारेन्टाइन र आइसोलेसन सेन्टर सञ्‍चालन गर्न पनि समितिहरु गठन गरेका छौं', उनले भनिन्, 'जिल्लामा भीडभाड नगरिदिन नागरिकलाई समेत अपिल गरेका छौं ।'
जुम्ला विमानस्थल र जिल्ला प्रवेशको नाका नग्ममा हेल्थ डेस्क पनि स्थापना गरिएको छ । जिल्ला भित्रने हरेकको स्वास्थ्य जाँच गरेरमात्रै जिल्ला भित्र्याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा हेल्थ डेक्सको स्थापना गरिएको हो ।

प्रकाशित : चैत्र ९, २०७६ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×