२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

साम्राज्ञी लन्डनमा

नवीन पोखरेल

(लन्डन) — तेस्रो पटक लन्डन आइपुगेकी छन् अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह । यसपटक उनको एउटै लक्ष्य छ लन्डन घुम्ने । ‘यसअघि जहिल्यै काम लिएर आएकाले राम्रोसँग घुम्न पाएकी थिइनँ,’ उनले सुनाइन्, ‘बेलायतमा मारुनीको केही सोबाहेक मज्जाले घुम्ने मुड बनाएकी छु ।’

साम्राज्ञी लन्डनमा

यद्यपि, कुन लोकेसन जाने त्यो दिमागमा आइसकेको रहेनछ । देशबाहिर अस्ट्रेलिया, जापानपछि ‘मारुनी’ को सोका लागि उनी निर्मात्री पुनम क्षेत्री गौतमका साथ लन्डन आएकी हुन् । ‘बेलायतको नेपाली समुदाय ज्यादै सपोर्टिभ छ,’ उनको अनुभव छ, ‘नेपाली समुदायकै मायाले मारुनी बेलायतमा पनि देखाउने योजना बनेर यता आयौं ।’


साम्राज्ञीका फिल्म दर्जन पनि छैनन् । भुवन केसीको ‘ड्रिम्स’ बाट डेब्यु गरेकी उनीमाथि महँगी अभिनेत्रीको ट्याग छ । संख्यात्मक रूपमा थोरै फिल्म हुनुपछाडि उनी उत्कृष्ट मात्र रोज्छिन् वा डिमान्ड नै कम छ ? ‘म क्वान्टिटीभन्दा क्वालिटीमा विश्वास गर्छु,’ सुनाइन्, ‘फिल्म खेल्न विचार त गर्नुपर्छ । स्क्रिप्ट, टिम, ब्यानर, निर्देशक सबै पक्षमा सजग हुन जरुरी छ किनकि नेपाली फिल्म रुचाएर दर्शक हलसम्म आउन थालेको धेरै भएको छैन ।’ उनले फिल्ममा हास्य कुरा मात्र बढिरहेको बेला संवेदनशील विषयमा ‘मारुनी’ राम्रो बनेको बताइन् । बेलायतमा ‘मारुनी’ को पहिलो सो अल्डरसटमा सम्पन्न भइसकेको छ भने आगामी आइतबार उलविचमा प्रदर्शनको तयारी छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?