३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोरोना भाइरस : नेपाल-भारत-भुटान सीमामा बढ्यो सतर्कता

मनोज बोगटी

दार्जिलिङ — कोरोना भाइरसले चीन र नेपाललाई प्रभावित गर्न थालेदेखि  नेपाल-भारत-भुटान सीमा क्षेत्रमा भारत सरकारले सतर्कता अपनाउन थालेको छ । नेपाल-भारत सीमानजिक बाघडोगरा एयरपोर्टमा चीनबाट आएका हरेक यात्रीलाई विशेष निरिक्षण शुरु गरिएको छ । बाघडोगरा एयरपोर्टका निदेशक सुब्रमणि पी.ले यात्रीहरूलाई सतर्क रहन एयरपोर्टमा डिस्प्ले बोर्डसमेत लगाएको जानकारी दिए ।

कोरोना भाइरस : नेपाल-भारत-भुटान सीमामा बढ्यो सतर्कता

चीनबाट आएका यात्रीहरूले एयरपोर्ट अथोरिटीलाई आफ्नो स्वास्थ्यबारे रिपोर्ट गर्नुपर्नेछ, उनले भने, भाइरस संक्रमित यात्रीबारे कुनै शंका भएमा उनीहरूको आवश्यक स्वास्थ्य जाँच पनि गरिनेछ पश्चिम बंगाल सरकारको स्वास्थ्य विभाग दार्जिलिङ इकाई पनि कोरोना भाइरसबारे सतर्क रहेको मुख्य स्वास्थ्य अधिकारी (सीएमओएच) डा. प्रलय आचार्यले बताए ।

विशेषगरी नेपाल-भारत सिमा क्षेत्रलगायत वरिपरीका क्षेत्र खोरीबारी, मिरिक, सुखपोखरी खण्डमा विशेष सतर्कता अपनाइएको छ । आचार्यले चीनबाट नेपाल फर्किएका यात्रीमा कोरोना भाइरस भेटिएपि५ चीन, भूटान, बंगलादेश र नेपालका सीमा क्षेत्रमा सतर्कता अपनाइएको बताए ।

नर्थ बंगाल मेडिकल कलेज एवं अस्पतालमा कोरोना भाइरस सम्बन्धित छुट्टै वटा बेड भएको आइसोलेसन वार्ड बनाइएको छ । यद्यपि सिलगढी र नेपाल-भारत सिमा क्षेत्रमा भाइरस संक्रमित कुनैपनि यात्री भेटिएका छैनन् भाइरस जाँच गर्न नेपाल भारत सीमा पानी ट्याङ्की,मिरिक र सुके पोखरीमा तीनवटा शिविर राखिएको छ

भारत सरकारले नेपालमा कोरोना भाइरस पाइएकोले सिमावर्ती चार वटा राज्यलाई अलर्ट रहने निर्देश दिएको हो, आचार्यले भने, भारतको छिमेकी देश चीन र नेपालमा कोरोना भाइरस संक्रमित फेला परेपछि भारत सरकार र बंगाल सरकारले चिकन नेक क्षेत्रमा सतर्कता शुरु गरेको सीमा क्षेत्र वरिपर भाइस संक्रमित यात्री जाँच्न प्यारामेडिकल टिमलाई तैनाथ गरिएको आचार्यले बताए ।

अर्कोतिर भारत-भुटान सिमामा पनि राष्ट्रीय सुरक्षा बाहिनी- ५३ ले भारत-भुटान सिमा जयगाउँमा यात्रीहरूको जाँच गरिरहेको छ । बाहिनीका कमान्डेन्ट अरबिन्द कुमारले भुटानबाट भारत छिरिरहेका यात्रीहरूमा जाँचबुझ गरिरहेको बता

कोरोना भाइरसका विषयमा सिक्किम सरकारले पनि सतर्कता अप्नाएको छ । सिक्किम स्वास्थ्य विभागका प्रधान सचिव निवास सालुले सिक्किमको प्रमुख नाका रम्फु चेकपोस्टमा स्क्रिनिङ व्यवस्था शुरु गरेको र सरकारले ऱ्यापिड एक्सन फोर्स तयार गरेको बताए । एसटीएनएम अस्पतालमा आइसोलेटेड वार्डसमेत बनाएको छ नेपालसित जोडिएको पश्चिम सिक्किममा सचेतना शिविर शुरु गरिएको छ, उनले भने

प्रकाशित : माघ १५, २०७६ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?