म्हेन्दोमाया र सेलो सँगसँगै

गोकुल थोकर

(सोल) — माइनस ५ डिग्री सेल्सियसको चिसो मौसम । कोरियन नयाँ वर्ष सलनालको फुर्सदिलो समय । यही बेला सेलोदेखि म्हेन्दोमायासम्मका भाका गुन्जिए । सोनाम ल्होछारको अवसरमा यहाँस्थित नेपाल तामाङ संघले राजधानी सोलमा गरेको कन्सर्टमा गायक–गायिकाले आ–आफ्नो थातथलोमा प्रचलित रैथाने भाका गाएका हुन् । 

कन्सर्टकै लागि नेपालबाट आएका म्हेन्दोमाया गायक रोशन फ्युबाले धादिङ–नुवाकोटतिर प्रचलित लोकभाकामा दर्शक/श्रोता नचाए । उनले ‘बुमताङ नाम्सारी...’, ‘पाटाला म्हेन्दो...’, ‘गोरी गोरी...’ लगायतका गीत गाउँदा कोरियामै रहेका सेलो गायक युनिक दोङ, ज्ञान लामा, सूर्य रुम्बा, मिलन लामा, छेडुप लामाले पनि दर्शक नचाए । तामाङ फिल्म निर्देशकसमेत रहेका फ्युबाका थुप्रै म्हेन्दोमाया गीत प्रचलित छन् । यो धादिङ र नुवाकोटतिरको तामाङ समुदायमा प्रचलित लोकभाका हो । उनले प्रवासका नेपालीले संस्कृति प्रवर्द्धन गरिरहेकोमा खुसी हुँदै भने, ‘सबै मौलिक भेषमा आइरहनुभएको छ, विदेशजस्तै लागेन ।’


लामागुरुले पूजा गरेपछि सांस्कृतिक प्रस्तुति भने डोमा योञ्जन र मनिराज तामाङले सेलो नाचबाट सुरु भएको थियो । नेपालबाटै आएकी गायिका देशु गोले र बैसाली लामाले ‘फापरे सेलो’ सुनाउँदा पनि दर्शक हौसिएका थिए । संघका अध्यक्ष मेघप्रसाद वाइबाले प्रत्येक वर्ष ल्होछार उत्सव मनाउने गरेको सुनाए । झन्डै तीन घण्टाको कन्सर्टमा ५ सयभन्दा बढी दर्शक उपस्थित थिए । प्रकाशित : माघ १४, २०७६ ०८:३८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोरियामा पाँचथरका युवाले आत्महत्या गरे

गोकुल थोकर

सोल — रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया आएका एक नेपालीले आत्महत्या गरेका छन् । २१ महिनाअघि कोरिया आएका पाँचथर लालीखर्कका विवेक राईले शनिबार राति आत्महत्या गरेका हुन् ।

कोरियाको दक्षिणी भाग छाङ उमसीमा बंगुरको फार्ममा काम गर्दै आएका राई केही महिनाअघि मात्रै नेपाल पुगेर आएको पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष राज चाम्लिङले जानकारी दिए।

‘कम्पनीमा सँगै काम गर्ने नेपाली हुनुहुँदो रहेछ। बेलुकीको खाना खाएर एउटै कोठामा सुतेको मान्छे बिहान देखिएन। खोजी गर्दा कम्पनीभित्रै झुन्डिएको अवस्थामा भेटेछन्,’ उनले भने ।

आत्महत्याको कारण नखुलेको सोलस्थित नेपाली दूतावासले जनाएको छ।

ईपीएस सुरु भएदेखि अहिलेसम्म ४९ जना नेपालीले कोरियामा आत्महत्या गरेका छन्। सन् २०१८ मा ६ जना र गतवर्ष ३ जनाले आत्महत्या गरेका थिए। यो संख्या अघिल्ला वर्षको तुलनामा घटेको हो।

प्रकाशित : पुस २७, २०७६ २१:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×