कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

म्हेन्दोमाया र सेलो सँगसँगै

गोकुल थोकर

(सोल) — माइनस ५ डिग्री सेल्सियसको चिसो मौसम । कोरियन नयाँ वर्ष सलनालको फुर्सदिलो समय । यही बेला सेलोदेखि म्हेन्दोमायासम्मका भाका गुन्जिए । सोनाम ल्होछारको अवसरमा यहाँस्थित नेपाल तामाङ संघले राजधानी सोलमा गरेको कन्सर्टमा गायक–गायिकाले आ–आफ्नो थातथलोमा प्रचलित रैथाने भाका गाएका हुन् । 

म्हेन्दोमाया र सेलो सँगसँगै

कन्सर्टकै लागि नेपालबाट आएका म्हेन्दोमाया गायक रोशन फ्युबाले धादिङ–नुवाकोटतिर प्रचलित लोकभाकामा दर्शक/श्रोता नचाए । उनले ‘बुमताङ नाम्सारी...’, ‘पाटाला म्हेन्दो...’, ‘गोरी गोरी...’ लगायतका गीत गाउँदा कोरियामै रहेका सेलो गायक युनिक दोङ, ज्ञान लामा, सूर्य रुम्बा, मिलन लामा, छेडुप लामाले पनि दर्शक नचाए । तामाङ फिल्म निर्देशकसमेत रहेका फ्युबाका थुप्रै म्हेन्दोमाया गीत प्रचलित छन् । यो धादिङ र नुवाकोटतिरको तामाङ समुदायमा प्रचलित लोकभाका हो । उनले प्रवासका नेपालीले संस्कृति प्रवर्द्धन गरिरहेकोमा खुसी हुँदै भने, ‘सबै मौलिक भेषमा आइरहनुभएको छ, विदेशजस्तै लागेन ।’


लामागुरुले पूजा गरेपछि सांस्कृतिक प्रस्तुति भने डोमा योञ्जन र मनिराज तामाङले सेलो नाचबाट सुरु भएको थियो । नेपालबाटै आएकी गायिका देशु गोले र बैसाली लामाले ‘फापरे सेलो’ सुनाउँदा पनि दर्शक हौसिएका थिए । संघका अध्यक्ष मेघप्रसाद वाइबाले प्रत्येक वर्ष ल्होछार उत्सव मनाउने गरेको सुनाए । झन्डै तीन घण्टाको कन्सर्टमा ५ सयभन्दा बढी दर्शक उपस्थित थिए ।

प्रकाशित : माघ १४, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?