कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लीलबहादुरलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार

मनोज बोगटी

दार्जिलिङ — भारत सरकारले यसवर्ष असमका साहित्यकार लीलबहादुर छेत्रीलाई पद्मश्री प्रदान गर्ने भएको छ । छेत्रीसँगै सिक्किमका खेलाडी तरुणदीप राई र उत्तरप्रदेशका खेलाडी जितु छेत्रीलाई पद्मश्री पुरस्कार प्रदान गरिँदै छ ।

लीलबहादुरलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार

भारत सरकारले यसवर्ष जनालाई पद्मविभूषण, १६ जनालाई पद्मभूषण अनि ११८ जनालाई पद्मश्री पुरस्कार दिने भएको छ, जसमा तीनजना नेपालीभाषीले पनि पद्मश्री पाउने भएका हुन्।

प्रतिवर्ष गणतन्त्र दिवसको पूर्वसन्ध्यामा घोषणा गरिने यी प्रतिष्ठित नागरिक पुरस्कार उनीहरूलाई राष्ट्रपतिको बाहुलीबाट एक समारोहबीच प्रदान गरिनेछ।

लीलबहादुर छेत्री नेपाली साहित्यमा एक सम्मानित नाम हुन्। उनलाई शिक्षा र साहित्यको निम्ति पद्मश्री पुरस्कार प्रदान गरिएको हो। उनका 'बसाइँ' र 'ब्रह्मापुत्रकाे छेउछाउ'जस्ता उपन्यास चर्चित छन्। उनले १९८७ मा 'ब्रह्मापुत्रको छेउछाउ' कृतिका लागि साहित्य अकादमी पुरस्कार प्राप्त गरिसकेका छन् ।

दार्जिलिङका सांसद राजु विष्टमार्फत आफूले पुरस्कार पाएको थाहा पाएको छेत्रीले बताए। पुरस्कार पाएको कुरा सुनेर खुसी लागेको उनले बताए । म त निरन्तर काम गर्ने मान्छे हुँ, पुरस्कारको लागि भनेर साहित्य लेख्दिनँ। म त आफ्नै खुसीको लागि लेख्ने हुँ, छेत्रीले भने, यो पुरस्कार मेरा शुभेच्छुकहरूको सफलता हो। पहिले त मैले जनता(पाठक)को माया पाएँ, तर अहिले सरकारको माया पनि पाइयो।

जितु राई उत्तरप्रदेश निवासी सुटर खेलाड़ी हुन्। यद्यपि उनको जन्म नेपालको संखुवासभामा भएको हो। सन् २००६ मा नेपालबाट भारतीय सेनामा भर्ती भएर आएपछि उनी भारतीय नागरिक बनेका हुन्। उनी ११ गोर्खा राइफल्समा नायब सुवेदार छन्। सेनाबाट नै उनले एसियाई खेल, म्युनिक वर्ल्डकप, रियो ओलम्पिकमा भारतलाई स्वर्ण पदक दिलाएका हुन्।

सिक्किम निवासी तरिणदीप राई भने भारतका प्रसिद्ध तिरन्दाज खेलाड़ी हुन्। तरुणदीपले १९ वर्षको उमेरमा म्यानमारको याङ्गोनमा आयोजना भएको एसियाली तिरन्दाजी च्याम्पियनसिप (२००३) बाट तिरन्दाजी सुरु गरेका हुन्। चीनको गुआजाउमा भएको १६ औं एसियाली खेलमा एकल पुरुष तिरन्दाजीमा रजत पदक जित्ने उनी पहिलो भारतीय हुन्। यसबाहेक उनी २००५-मा विश्व तिरन्दाजी च्याम्पियनसिपको सेमीफाइनल चरणमा प्रवेश गर्ने पहिलो भारतीयसमेत हुन्।

प्रकाशित : माघ १२, २०७६ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?