३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कतारमा रहेका नेपाली व्यवसायीले भने,-‘हामीलाई श्रम स्वीकृति चाँहिदैन’

हाेम कार्की

काठमाडौँ — कतारमा रहेका नेपाली व्यवसायीले आफुहरुलाई श्रम स्वीकृति लिनुपर्ने प्रावधानलाई बाध्यकारी नबनाइदिन नेपाली दूतावासमार्फत सरकारलाई अनुरोध गरेका छन् । कतारमा झन्डै ५ सय नेपाली व्यवसायी कार्यरत छन् । कतारमा रहेका व्यवसायीहरुको छाता संगठन नेपाल व्यवसायी संघले नेपाली दूतावास समक्ष ज्ञापनपत्र पेश गर्दै यस्तो आग्रह गरेको हाे ।

कतारमा रहेका नेपाली व्यवसायीले भने,-‘हामीलाई श्रम स्वीकृति चाँहिदैन’

व्यवसायीले श्रमस्वीकृति लिनुपर्ने बाध्यकारी प्रावधानले आफुहरुले कतारमा व्यवसायीको भिसामा परिवर्तन गर्न नपाएको वताए ।


‘नेपाली ब्यवसायीले कतारमा ४९ प्रतिशत लगानीको हिस्सेदार भई ब्यापार ब्यवसाय गर्दै आइरहे पनि यहाको कानुनले कतारमा ब्यापार ब्यवासय गर्ने जोकोही आप्रवासीहरुको लागि छुट्टै प्रकारको भिसाको ब्यबस्था हालसम्म गरेको छैन । कामदार भिसामै ब्यवसाय गर्नुपर्ने बाध्यात्मक अवस्था छ,’ संघका अध्यक्ष महेन्द्र चौलागाईले दूतावाससमक्ष भने,‘अर्कोतिर वैदेशिक रोजगार बिभागले पुर्न श्रमस्वीृकतिमा कडाई गरिएको अवस्था छ । पहिलाको पेशाको पदनाम र हालको पेशाको पदनाम फरक पर्ने भएमा रोजगारदाता करार देखाउनुपर्ने, श्रम कार्यालयमा स्वयं उपस्थीति हुनुपर्ने लगायतका अन्य थप सर्तहरुले प्रक्रियालाई झन्झटिलो हुन पुगेको छ । छोटो समयमा लागि पटक पटक नेपाल गएर फिर्ता भइराख्नुपर्ने हुदा ब्यबसायीलाई श्रमस्वीकृति लिनुपर्ने बाध्यकारी हटाइनुपर्छ ।’


उनले कतारको कम्पनी रजिष्टर्ड प्रमाणपत्रमै नाम भएकोले हुँदा यसैलाई हेरेर विमानस्थलमा सहज आवातजावत गर्ने व्यवस्था मिलाई दिनुपर्ने वताए । ‘हामीसँग सबैको सुची छ । त्यो सुची दूतावासमार्फत वैदेशिक रोजगार बवभाग वा अध्यागमन बिभागमा पठाइदिनेछौ,’ उनले भने ।


कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धाजले व्यवसायीले भोगिरहेका समस्यालाई समाधान गर्न आफुले सरकारलाई अनुरोध गर्ने वताए ।


कतारमा नेपालीले होटल, लत्ताकपडा, कप्युटर, मोवाइल, गाडीका पाटपुर्जा, रेष्टुरेन्ट, कन्ट्रक्सन र लेवर सप्लाइ गर्ने कम्पनीहरु सञ्चालन गर्दै आइरहेका छन् ।

प्रकाशित : माघ ६, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?