कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अष्ट्रेलियामा विवेकको कन्सर्ट हुने

काठमाडौँ — पोखरेली सांगीतिक समूह कन्दराका गायक विवेक श्रेष्ठले अष्ट्रेलियामा एकल गायन गर्ने भएका छन् । 'युफोनिक : क्लोज टु माइ हार्ट विथ विवेक श्रेष्ठ' नामक कन्सर्टमा उनले आफ्नो सांगीतिक जीवनमा प्रभाव पारेका र नेपाली संगीतमा योगदान दिएका श्रष्टाका अजर-अमर करिब २ दर्जनजति गीत प्रस्तुत गर्ने राजधानीमा आयोजित पत्रकार सम्मेलनमा  जानकारी दिइयो ।

अष्ट्रेलियामा विवेकको कन्सर्ट हुने

उनले फेबुअरी १५ मा सिड्नी र २२ मा मेलबर्नमा गाउनेछन् । 'नेपाली गीत संगीतलाइ विश्वव्यापीरुपमा लैजानका लागि अभियानका रुपमा मैले यो कार्यक्रमको कल्पना गरेको हुँ,' पत्रकार सम्मेलनमा उनले भने ।

प्रकाशित : माघ १, २०७६ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?