१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

दिनेशजंग शाह

न्युयाेर्क — अंग्रेजी नयाँ वर्षकै दिन बुधबार अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु भएको छ । रौतहट स्थायी घर भएका २२ वर्षीय हिमाल तिमल्सिनाको म्यासाचुसेट्स राज्यको स्टोनहृयाममा मृत्यु भएको हो ।

अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

नेपाली साथीहरुसँग बस्दै आएका तिमल्सिनाको गत सोमबार आफनै निवासको सिँढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेको थियो ।

स्थानीय वर्लिगटनको‘ लेही हस्पिटल एण्ड मेडिकल सेन्टर’मा उपचारकै क्रममा उनको मृत्यु भएको बोस्टनस्थित ग्रेटर बोस्टन नेपलिज कम्युनिटीले जनाएको छ । पोष्टमार्टमका लागि उनको शवलाई बोस्टन लगिएको छ । ग्रेटर बोस्टन नेपलिज कम्युनिटीले मृतकको अन्त्येष्टिका लागि गोफन्डमा रकम संकलनको कार्यसमेत थालेको छ ।

स्थानीय अर्जुनजंग कुँवरले ईकान्तिपुरलाई दिएको जानकारीअनुसार सन २०१४ मा स्नातक तहको शिक्षाका लागि अमेरिका आएका तिमल्सिना, म्यासेच्युष्ट राज्यको क्वीन्सी कलेजमा अध्ययनरत थिए । आंशिक रुपमा उनी स्टोनहृयामकै एक रेस्टुरेन्टमा समेत काम गर्दै आएका थिए ।

प्रकाशित : पुस १८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?