कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुम्निमा साँझमा ‘सागर सरी...’

दिनेशजंग शाह

(न्युयोर्क) — ‘आउँदै हुनुहुन्छ, चिरपरिचित उनै राजेशपायल राई ।’ उद्घोषकको घोषणा नै काफी थियो, रंगीन माहोललाई ऊर्जा थप्न । 

सुम्निमा साँझमा ‘सागर सरी...’

सेतो कोट, कालो पाइन्ट, कालो जुत्ता अनि गलामा हरियो गलबन्दी भिरेका ‘राई इज किङ’ अर्थात् गायक राजेशपायल राई स्टेजमा उत्रेका मात्र के थिए, ताली र हुटिङको गडगडाहाटले हल नै गुन्जियो । उसो त मोहाल पहिलै रंगीन थियो । केवल, प्रतीक्षा थियो त राजेशपायल राईको । लगत्तै उनी यसरी गुन्जिए–


‘सागर सरी चोखो माया,

तिमीलाई दिउला,

यो ज्यानले साथ दिए,

तिमीसँगै जिउला,

तिम्रो नभई मरेछु भने,

अर्को जुनी लिउला...’


राईको स्वरले मन्त्रमुग्ध मोहाल थप रोमाञ्चित हुँदै नाचगानमा उत्रिएको थियो । क्रिसमस इभको न्युयोर्कको मंगलबारे रात, जाडोले कठ्यांगि्रँदै गर्दा, ज्याक्सन हाइटको बेलारुजभित्रको नेपाली माहोल तात्दै थियो । सयौं आप्रवासी नेपाली भीडमा ‘भर्सटाइल सिङ्गर’ राईले एकपछि अर्को प्रस्तुति गर्दै गर्दा, गेटबाट दर्शकहरू भित्रिने क्रम पनि जारी थियो ।


किरात राई सोसाइटी अफ अमेरिकाले गरेको ‘सुम्निमा साँझ’ को एघारौं संस्करणमा गायक राईले मंगलबारको रातलाई यसरी थप रोमान्टिक बनाए–


‘सर सर, माया, वर वर,

फिका फिका, मेरो जीवनमा,

मायाको रंग भर...


हरेक अंग्रेजी वर्षको अन्त्यमा गरिँदै आएको ‘सुम्निमा साँझ’ मा स्थानीय कलाकारहरूले पनि विभिन्न खाले सांगीतिक प्रस्तुति दिएका थिए । साकेला नृत्य, लोक गीत एवं आधनिक गीत र नृत्यहरू प्रस्तुत गरेका गरिएको थियो । कार्यक्रमलाई दुई भागमा बाँडिएको थियो । पहिलो सत्रमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले दीप प्रज्ज्वलन गर्दै सांगीतिक उद्घाटनको कार्यक्रम गरेको थिए । दोस्रो सत्र, पूर्णतः सांगीतिक मोहालमा केन्द्रित थियो ।


प्रकाशित : पुस ११, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?