कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेपाली भूमी मिचिएको विरोधमा फ्रान्सस्थित भारतिय दूतावास आगाडि नेपालीको प्रदर्शन

ददि सापकाेटा

फ्रान्स — फ्रान्सवासी नेपालीहरुले भारतद्वारा अतिक्रमित नेपाली भूमी फिर्ता गर्नुपर्ने माग गर्दै बिहीबार पेरिसस्थित भारतिय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

नेपाली भूमी मिचिएको विरोधमा फ्रान्सस्थित भारतिय दूतावास आगाडि नेपालीको प्रदर्शन

फ्रान्समा बसोबास गरिरहेका नेपालीका तर्फबाट संयुक्त रुपमा आयोजना गरिएको प्रदर्शनमा नेपालको भूभाग समेटेर भारतले सार्वजनिक गरेको नयाँ नक्शा सच्याउनुपर्ने, नेपालमाथिको भारतिय हस्तक्षेप बन्द गर्नुपर्ने, लिपुलेक, कालापानी लिम्पियाधुराबाट भारतीय उपस्थिति हट्नुपर्ने मागसमेत गरेका छन्

विरोध सभामा नेपालीहरुले भारतीय अतिक्रमण विरुद्ध चुप लागेर नबस मिचिएको भूमी फिर्ता भए यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए

प्रदर्शनीका क्रममा नेपालीहरुले 'आफ्नो छिमेकीलाई नसताउ, नेपालीलाई शान्तले बस्न देउ, भारतीय हस्तक्षेप अति भो' भन्दै फ्रान्सेली भाषामा लेखिएका प्लेकार्ड समेत देखाएका थिए

प्रदर्शनीपछि नेपालीहरु भारतीय दूतावास मार्फत् भारत सरकारसमक्ष विरोध पत्र बुझाउन गएका थिए तर भारतीय दूतावासका कर्मचारीले विरोधपत्र लिन अस्विकार गरे

विरोधपत्रसमेत लिन अस्विकार गरेपछि नेपालीहरुले भारतीय सरकार विरुद्द झन कडा नाराबाजी गरेका थिए

प्रकाशित : मंसिर १३, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?