डढेलोबाट पीडितको सहयोगार्थ सहयोग जुटाउँदै नेपाली

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — अस्ट्रेलियाको न्यु साउथ वेल्स तथा क्युन्सल्यान्ड राज्यमा फैलिएको डढेलोबाट पीडितको सहयोगार्थ अस्ट्रेलियास्थित नेपालीले सहयोग संकलन सुरु गरेका छन् । एनआरएनए अस्ट्रेलिया, नेप्लिज अस्ट्रेलियन एसोसिएसनलगायतको पहलमा सुरु ‘गो फन्ड’ अभियानमा हालसम्म ७ हजार डलर संकलन भइसकेको छ ।

डढेलोबाट पीडितको सहयोगार्थ सहयोग जुटाउँदै नेपाली

आगलागीका कारण सयौं सर्वसाधारण घरवारविहीन भएपछि केही मात्रामा भए पनि राहत पुर्‍याउने उद्देश्यले नेपालीहरूले मंगलबारदेखि सहयोग रकम जुटाउन थालेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ ।


‘अस्ट्रेलिया सबै नेपालीको कर्मभूमि भएको र आफूहरूलाई पर्दा स्थानीयले सहयोग गर्ने भएकाले अभियान सुरु गरिएको हो,’ एनआरएनए अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले भने । संगठनका सबै सदस्यलाई सहयोग गर्न आग्रह गरिएको र सहयोग संकलन गरिरहेका अन्य नेपालीसँग समन्वय गरेर एकमुष्ट हस्तान्तरण गर्ने रेग्मीले जनाए ।

प्रकाशित : कार्तिक २७, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?