१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सुमनलाई नेपाली नृत्य उपाधि

नारायण खड्का

(अस्ट्रेलिया) — अस्ट्रेलियाको ब्रिसबनमा गरिएको अस्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिताको उपाधि सुमन गुरुङले हात पारेका छन् । हरेक दुई वर्षमा हुने प्रतियोगितामा एकल, जोडी र समूहगत नृत्य गरिएको थियो । 

सुमनलाई नेपाली नृत्य उपाधि

नेप्लिज एसोसिएसन अफ क्युन्सल्यान्ड (एनएक्यू) र एनआरएनए अस्ट्रेलियाले गरेको प्रतियोगितामा एकलतर्फको उपाधि सुमन गुरुङले जितेका हुन् भने जेनी गुरुङ दोस्रो र सुनीता लामा तेस्रो भएकी थिइन् । यसैगरी जोडी नृत्यतर्फ वर्षा पुन र सुमन गुरुङ पहिलो बनेका थिए । किरण थापामगर र कामना पौडेल दोस्रो र प्रकृति पाण्डे र समीक्षा श्रेष्ठ तेस्रो बने । समूहगत नृत्यतर्फ अमित काफ्ले, अस्मिता थापा, अमित थापा, रोजिना ठकुरीले पहिलो स्थान उपाधि जितेका थिए भने सिमोन श्रीपाली, सरिना सैंजू, सुकृति आचार्य र रिभिका खरेलले दोस्रो र उदेन शेर्पा, सुप्रिया लामा, वर्षा पुन र प्रभिसा श्रेष्ठले तेस्रो स्थान हात पारे । कार्यक्रममा अस्ट्रेलियामा रहेका सबै राज्य तथा न्युजिल्यान्डबाट समेत दोस्रो पुस्ताका बालबालिकाले सहभागिता रहेको थियो ।


एएनक्यू र एनआरएनएले सन् २००९ देखि अस्ट्रेलियाव्यापी नृत्य प्रतियोगिताको आयोजना गर्दै आएको हो । पाँचौं पटक गरिएको नृत्य प्रतियोगितामा विभिन्न राज्यहरूबाट ६२ जना प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायक नेपालबाट आएकी सुविना श्रेष्ठ थिइन् । शनिबार र आइतबार दुई दिनसम्म चलेको यस प्रतियोगिताको मुख्य उद्देश्य दोस्रो पुस्ताका बालबालिकालाई नेपाली नृत्य, गीतसंगीत र कलासंस्कृतिसँग नजिक गराउनु रहेको कार्यक्रम संयोजक केशव शर्माले बताए । उनले हरेक दुई वर्षमा आयोजना गरिने यस प्रतियोगिताले यहाँ हुर्कंदै बालबालिकालाई नेपाली कलासंस्कृतिबारे जानकारी दिने मात्र नभएर उनीहरूबीचमा सम्बन्ध स्थापना गर्नसमेत सहयोग पुर्‍याएको दाबी गरे ।


प्रतियोगिताको विजयीलाई नगदका साथै ट्रफीसमेत प्रदान गरिएको थियो । प्रतियोगितामा एकलतर्फका विजेताले ५ सय डलर, जोडी नृत्यका विजेताले ७ सय डलर र समूहगत नृत्यका विजेतालाई ९ सय डलर पुरस्कार प्रदान गरिएको थियो । यसैगरी दोस्रो स्थानका प्रतियोगीलाई क्रमशः ३ सय, ४ सय र ५ सय डलर नगद पुरस्कार प्रदान गरिएको थियो ।


प्रकाशित : आश्विन १४, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?