कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एनआरएन यूके इतिहासमा पहिलो महिला अध्यक्ष

लन्डन — झन्डै डेढ दशक लामो एनआरएन यूके इतिहासमा पुनम गुरुङ पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् । प्रतिस्पर्धी शेरबहादुर सुनारलाई २ सय ३ मत अन्तरले हराउँदै पुनमले नयाँ इतिहास रचेकी हुन् ।

एनआरएन यूके इतिहासमा पहिलो महिला अध्यक्ष

त्यसैगरी, उपाध्यक्षमा प्रेम गाहामगर र सुनिलबाबु खड्का, महिला उपाध्यक्षमा रोजिना प्रधान राई, महासचिवमा फडिन्द्र भट्टराई, सचिव जित रानाभाट र कोशलेश्वर (कृष्ण) ढकाल, महिला सचिवमा रन्जिता मल्ल, कोषाध्यक्षमा तेजेन्द्र रोका, सह-कोषाध्यक्ष शकुन्तला गुरुङ, युवा संयोजकमा नवीन गुरुङ, महिला संयोजकमा प्रसुना कँडेल निर्वाचित भएका छन्।


सदस्यहरुमा सरस्वती केसी, अमृता गिरी, गोमा पौडेल, प्रकाश कँडेल, कोपिला वनेम, लालबहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा. सुनिलकुमार शाह, हेमबहादुर लिम्बु, चन्द्रकला लिम्बु, तारामैया गुरुङ र ज्ञानेन्द्रबहादुर आले मगर विजयी भए ।


आइसीसी सदस्यमा लिलादेवी गुरुङ, सुशीला राई, योगकुमार फगामी, दयानिधि सापकोटा, ललितकुमार न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भएका छन् ।


इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दीपक श्रेष्ठ र स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा छविलाल अर्याल निर्वाचित भए । वेल्स राज्य परिषदमा अध्यक्ष कृष्णप्रसाद भण्डारी र नर्दन आयरल्याण्ड राज्य परिषद अध्यक्षमा नारायणबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् ।


नवनिर्वाचित एनआरएन युके अध्यक्ष गुरुङ नेतृत्वले आइतबार शपथ लिएको छ । निर्वाचन समितिका प्रमुख संयोजक डमर घलेले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । शपथ तथा घोषणा सभामा अध्यक्ष पराजित शेरबहादुर सुनार समूह भने सहभागी थिएन ।

प्रकाशित : आश्विन ६, २०७६ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?