२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ओमानमा संविधान दिवस मनाइयो

काठमाडौँ — ओमनस्थित नेपाली दूतावासको आयोजनामा संविधान दिवस मनाइएको छ । बिहीबार साँझ आयोजना गरिएको कार्यक्रममा ओमनको वातावरण तथा मौसम मामिलामन्त्री मोहम्मद विन सलिम विन अहम्द अल टोवी सहभागी थिए ।

ओमानमा संविधान दिवस मनाइयो

कार्यक्रमलाई सम्बोधन गर्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले संविधान जारी भएपछि नेपालमा राजनीतिक स्थिरता भएकोले लगानी गर्ने वातावरण रहेको बताएकी थिइन् । उनले नेपाल र ओमान सम्बन्ध प्रगाढ हुँदै गएको दाबी गरिन् ।


कार्यक्रममा ओमनी गायक हैथाम मोहम्मद रफी, ग्रिक ओमनी गायक दनायी पाछीयाननाकीले नेपाली गीत प्रस्तुत गरेका थिए । नेपाली समुदायको तर्फबाट समेत संगीत र नृत्य प्रस्तुत गरिएको थियो ।


कार्यक्रममा ओमानका उच्च सरकारी अधिकारीहरुको सहभागिता थियो ।

प्रकाशित : आश्विन ४, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?