१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पन्जाबको भटिण्डामा सडक दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

सुरेशराज न्यौपाने

नयाँदिल्ली — गत बिहीबार राति करिब १० बजे भारतको पन्जाब राज्यको भटिण्डामा भएको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–३ का कृष्णबहादुर विक र सितगंगा नगरपालिकाका विष्णुबहादुर बिक छन् ।

पन्जाबको भटिण्डामा सडक दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

दुवै जना रोजगारीका लागि विगत २० वर्षदेखि नै भटिण्डामा बस्दै आएका थिए । कृष्णको उमेर अन्दाजी ४२ वर्ष र विष्णुको उमेर ३३ वर्ष थियो । र, दुवै जना होटलमा कुकको काम गर्थे ।


बिहीबार राति मोटरसाइकलमा इन्धन भरेर फर्कदै गर्दा उनीहरु दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको पन्जाबको भटिण्डामै बस्दै आएका गोपाल रेश्मीले कान्तिपुरलाई बताए ।


रेश्मीका अनुसार दुर्घटनामा परेपछि स्थानीय जनसहारा भन्ने संस्थाका स्वयंसेवकले घाइते दुवैजनालाई उद्धार गरेर अस्पतालमा पुर्याएका थिए । तर, अचेतमा अवस्थामा अस्पताल पुर्याइएका दुवैलाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।


मोटरसाइकल दुर्घटनामा पर्नुको कारणसँगै मोटरसाइकल कसले चलाएको भन्ने अझै खुलेको छैन ।

प्रकाशित : भाद्र २८, २०७६ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?