पन्जाबको भटिण्डामा सडक दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

सुरेशराज न्यौपाने

नयाँदिल्ली — गत बिहीबार राति करिब १० बजे भारतको पन्जाब राज्यको भटिण्डामा भएको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–३ का कृष्णबहादुर विक र सितगंगा नगरपालिकाका विष्णुबहादुर बिक छन् ।

प्रतिकात्मक तस्बिर ।

दुवै जना रोजगारीका लागि विगत २० वर्षदेखि नै भटिण्डामा बस्दै आएका थिए । कृष्णको उमेर अन्दाजी ४२ वर्ष र विष्णुको उमेर ३३ वर्ष थियो । र, दुवै जना होटलमा कुकको काम गर्थे ।

बिहीबार राति मोटरसाइकलमा इन्धन भरेर फर्कदै गर्दा उनीहरु दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको पन्जाबको भटिण्डामै बस्दै आएका गोपाल रेश्मीले कान्तिपुरलाई बताए ।

रेश्मीका अनुसार दुर्घटनामा परेपछि स्थानीय जनसहारा भन्ने संस्थाका स्वयंसेवकले घाइते दुवैजनालाई उद्धार गरेर अस्पतालमा पुर्याएका थिए । तर, अचेतमा अवस्थामा अस्पताल पुर्याइएका दुवैलाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

मोटरसाइकल दुर्घटनामा पर्नुको कारणसँगै मोटरसाइकल कसले चलाएको भन्ने अझै खुलेको छैन ।

प्रकाशित : भाद्र २८, २०७६ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्

लिभरपुलको शतप्रतिशत जित

एएफपी

लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शतप्रतिशत जितलाई कायमै राख्नेक्रममा शनिबार न्युकासललाई ३–१ ले पराजित गरेको छ । सिजनको प्रिमियर लिगको पाँचैं खेल जितेर लिभरपुल शीर्षस्थानमा छ ।

गत सिजनको पनि जोडेर लिभरपुलले लगातार १४ प्रिमियर लिग खेल जितेको हो ।

जेट्रो विलियम्सले सातौं मिनेटमा नै न्युकासललाई स्तब्धपूर्ण अग्रता दिलाए पनि साडियो मानेले पहिलो हाफमै दुवै गोल गरी लिभरपुललाई खेलमा फर्काए ।

न्युकासलका गोलरक्षक मार्टिन डुभ्राकाले गल्ती गर्दा मानेले दोस्रो गोल सजिलै गरेका थिए । रोबर्टो फिर्मिनोको ब्याकहिल पासमा मोहम्मद सलाहले ७२ औं मिनेटमा तेस्रो गोल गर्दै लिभरपुलको विजय निश्चित गरे ।

प्रकाशित : भाद्र २८, २०७६ २१:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्